कालंगा हाईडे प्रालिको निमार्ण रोकियोः गाउँले र प्रशासन सहयोगी बन्न सकेनन्

0
Shares

ललित सिंह, बझाङ्ग ।
यहाँको बिकट बुंगल क्षेत्रमा निर्माण हुन लागेको निजी क्षेत्रकै ठुलो जलबिद्युत आयोजना निर्माण स्थलमा काम गर्दा स्थानीयहरुको असहयोग र अबरोध हुने गरेको छ ।

बिगत पाँच बर्ष देखि बुगंल क्षेत्रमा तिन वटा योजना निर्माण कार्य थालनी गरेको कालङ्गा हाईड्रो प्रा.लि.ले काम गर्दा स्थानिीयहरुले अनाबस्यक बिबाद र झन्जट गर्दा काम गर्ने कर्मचारीहरुको मानसिक तनावले निर्माण कार्यमा बाधा पुगेको हो ।

बिधि कानुनी प्रकृया अनुसार आयोजना निर्माण स्थलका प्रभावित जग्गा धनी र अन्य ब्यक्ति परिवारहरुलाई पाउने सेवा सुबिधा दिदा दिदै पनि गलत नियत राखी अनाबस्यक माग दाबी गरेर स्थानीयहरुले पटक पटक अबरोध गर्दै आएका छन् ।
योजनाको गौरब र महत्वलाई नबुझि लगानी कर्ताहरुलाई अनाबस्यक तनाव दिने गरेको आयोजनाका कर्मचारीहरुको दुखेसो छ ।

आयोजना निर्माण स्थल रहेको बुगंलको खिरातडीमा मुहान रहेको कालङ्गा हाईड्रो प्रा.लि. र दहबगर मुहान रहेको अपर कालङ्गा हाईड्रो प्रा.लि. र कफलसेरीमा मुहान रहेको सानीगाड हाईड्रो प्रा.लि. मध्ये अपर कालङ्गा आयोजनामा बढी बिबाद देखिएको स्थानीयले सार्बजनिक जग्गालाई आफ्नो जग्गा हो भनेर पैसा माग्ने, नदी किनाराकोको निर्माण स्थललाई पनि आप्mनो भनेर बिबाद गरि पैसा माग्ने र सामान ओसार पसारमा अनाबस्यक अबरोध गर्ने, कम्पनीका गाडीमा आफ्नो निजी सामान राख्न दवाप दिने , सड्कमा अनाबस्यक माटो निकाली आफ्नो सबेै जग्गा पर्यो भन्दै पैसा माग्ने जस्ता काम गरि बिाबाद गर्ने गरेको बताईएको छ ।

स्थानीयहरुले बुंगल क्षेत्रमा ६५ मेगावाटको निर्माण हुन लागेको आयोजना लाई आ– आफ्नो तहबाट सहयोग गर्नुको साटो प्रा.ली.बाट अनाबस्यक पैसा माग्ने साना तिना आयोजना भन्दा बाहिरका कुरा ल्याएर बिबाद सिर्जना गर्ने र कर्मचारीहरुलाई अभद्र ब्यबहार गर्ने गरेको पाईएको छ ।

कालङ्गा हाईड्रो प्रा.लि.का सञ्चालक बिरेन्द्र मल्लले भने थानीय प्रशासन र स्थानीयबासीले जती गर्नु पर्ने सहयोग हो त्यती नपाएको गुनासो राखे ।

उनले भने हाल सम्म ७० प्रतिसत भन्दा बढी काम भएको भएपनि केही स्थानीयले पटक पटक अबरोध सिर्जना गर्दा सम्पन्न गर्नु पर्ने मिती भन्दा ६ महिना ढिलो भईसकेको छ ।

आयोजनाको मर्म र भावना कसैले नबुझेको , निजी क्षेत्रलाई काम गर्ने बातावरण सन्तोषजनक नभएपछि कालङ्गा हाईड्रोका सञ्चालनहरुले जिल्लाका पत्रकारहरु संग योजना स्थलको प्रगती र काम गर्दा आएका समस्या र चुनौतीका बारेमा जानकारी काम गर्ने वातावरण गराई दिन अनुरोध गरेका थिए ।

पत्रकारहरु संग कुरा गर्दै कालङ्गा हाईड्रो प्रा.लि.का अर्का सञ्चालक शिव प्रसाद घिमिरेले भने हामी यस्तो दुरदराजमा आएर अरबौ रुपयाँ लगानी गर्दै देश बिकासका गरि रहेका छौ तर समस्या पर्दा समाधान गरिदिने अभिभावक पाएका छैनौ । उनले भने यो आयोजनाका बारेमा नत प्रहरी प्रशासनले सहयोग गरेको छ नत स्थानीय सरकारले नै सहयोग गरेको छ ।

पटक पटक बिद्युत निर्माण कम्पनी लाई निर्माण स्थलमा अनाबस्यक धम्की दिने , तनाव दिएर काममा अबरोध गर्ने ब्यक्ति, समुहलाई सम्झाई बुझाई दिनु पर्ने हो तर गलत नियत भएका मान्छेलाई कारवाही गरि काममा सहज गरिदिन पहल कसै वाट भएको छैन सञ्चालक घिमिरेले भने हामीले हतोत्साहित भएर काम छोड्ने कुरा त रहदैन् तरपनि निरह भएर काम गर्नु पर्ने अबस्था छ ।

स्थानीय शिक्षक मदन कुंबँरका अनुसार केही कुराहरुमा स्थानीयका मागहरु पनि जायज छन् ति समस्याहरुलाई आयोजनाबाटमा समाधान भई सकेका हुन तर केही गलत मनसाय भएका ब्यक्तिहरुले हाईड्रोबाट अनुचित फाईदा लिनका लागी अनाबस्यक मागहरु राख्ने गरेको देखीन्छ ।

कालङ्गा हाईड्रोको निर्माण कार्य सुरु भए संगै बुगंल क्षेत्रमा हाईड्रोको लागनीमा सड्क फराकिलो बनाएको छ । त्यसै गरि बिभिन्न बिद्यालयमा खानेपानी र स्थानीय स्तरमा सिचाईकूलाहरु निर्माणमा समेत सहयोग गर्दै आएको छ ।

बिभिन्न ब्यक्ति र केही प्राईभेट बैङ्कहरुको ११ अर्बको रुपयाँ लगानीमा निर्माण हुन लागेको यो आयोजनाबाट झण्डै एक सय भन्दा बढी स्थानीयले रोजगार पाँएका छन् । यो आयोजना सन २०२०को अन्तिम सम्म सम्पन्न गर्ने लक्ष रहेको बताईन्छ ।
फोटो क्याप्सन – कालङ्गा हाईड्रो प्रा.ली.को सुरुङ्गमार्ग र पावर हाउस निमार्ण गरिदै तस्बीर ललित सिंह चैनपुर