नगरपालिकाका मेयर रातारात कुटिए, प्रतिवादीलाई प्रहरीले समाउन सकेन


सञ्जय कार्की, रौतहट ।
रौतहटको एक नगरपालिकाका प्रमुख मङ्गलबार साझ कुटिएका छन ।

मागेजति चन्दा नदिएपछि उनी कुटिएको जनाइएको छ । इस्लाम धर्मावलम्बीको पर्ब इद उलफित्र मनाउने क्रममा मस्जिदमा बसेका राजपुर फरदहवा नगरपालीकाका प्रमुख शेष सकिल लाई स्थानीय ४/५ जनाको समुहमा रहेका मध्ये शेष कासिमले कुटेका हुन ।

टर्च लाईट बाट नगरप्रमुख सकिल माथि कुटपिट हुदा उनको आँखा र अनुहारमा चोट लागेको जनाइएको छ । ईद उल फित्र मनाउने बिषयमा मस्जिदमा रहेका बेला प्रमुख शेष सकिल अख्तरले पर्याप्त चन्दा नदिएपछि कुटिएको जनाइएको छ ।
कुटपिट बाट घाईते भएका नगरप्रमुख शेष सकिल अख्तरको उपचार पछि घर फर्किएका छन ।
घटना पछि राजपुरमा सुरक्षाकर्मीको बाक्लो उपश्थित रहेको छ । नगरप्रमुख कुट्ने शेष कासिम फरार रहेकाले खोजी भैरहेको प्रहरी नायब उपरिक्षक नबिन कार्कीले बताउनुभयो ।