प्रभु इन्स्योरेन्स र बी एन्ड सी मेडिकल कलेजबीच नगदरहित सम्झौता

0
Shares

प्रभु इन्स्योरेन्स लिमिटेड र बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच नगद रहित सेवासम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट सवारी साधन बीमा गराउने ग्राहकले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रो पक्ष घाइते भई तथा औषधोपचार बीमा गराउने ग्राहकले बिरामी भई बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म नगदरहित सुविधा प्राप्त गर्न सक्नेछन्।