महिन्द्राको अर्का बम्पर विजेता छनोट

0
Shares

अग्नि ग्रुपअन्तर्गत अग्नि मोटोइन्क प्रा।लिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजनाअन्तर्गत बम्पर विजेताको घोषणा गरिएको एनसेलले जनाएको छ। कम्पनीकाअनुसार नेपालगन्जका श्यामलाल थारुले बम्पर जित्न सफल हुनुभएको छ। कुपन नं २०६४ का थारुले बम्पर उपहारअन्तर्गत होम अप्लायन्सहरू प्राप्त गर्नुभएको छ। यसअघि बम्पर विजेताको रुपमा पोखराको न्यूरोडका रबिन कुमार विकले बम्बर जित्न सफल हुनुभएको थियो।
योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एक जना व्यक्तिलाई होम अप्लायन्सहरू प्रदान गरिन्छ।
साथै यस योजनाअन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ। स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपियाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नुहुने छ। यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ।