महिन्द्रा इलेक्ट्रोनिक्सको निःशुल्क सर्भिस क्याम्प

0
Shares

अग्नी ग्रुपअन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नी इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी तथा जेनेरेटरहरू बिक्री वितरण गर्दै आएको छ। यसै सिलसिलामा ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नी इनर्जीले तीन दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ। विश्व वातावरण दिवस २०१९ को अवसरमा कम्पनीले निःशुल्क सर्भिसिङको व्यवस्था मिलाएको हो।निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने छ।

अग्नी इनर्जीको निःशुल्क सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुनेछ। यहाँबाट ग्राहकलाई सवारी सञ्चालनसम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ। सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय गाडीको सर्भिसिङ हुनेछ। ‘विद्युतीय सवारीका वातावरणमा तथा मानिसका लागि थुप्रै फाइदा छन्, विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ, साथै विद्युतीय सवारीबाट १ किलोमिटर दूरीको लागि जम्मा एक खर्च हुन्छ, जुन कुरामा आम उपभोक्ता अनभिज्ञ प्रायः हुनुहुन्छ।’ अग्नी इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले उल्लेख गर्नुभयो।