सिटिजन लाइफद्वारा दाबी भुक्तानी


सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारअन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत १४ लाख रुपियाँ भुक्तानी गरेको छ। कम्पनीको तर्फबाट सोलुखुम्बु नगरपालिका घर भई माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको असामयिक भएको मृत्यु वापत उहाँको ६ वर्षीया छोरा सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सीओओ दशरथमणि खड्काले बीमांक वापतको रकमको चेक हस्तान्तरण गर्नुभयोे।

ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजना रहेको छ। जीवन सारथी योजनाअन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लसमार्फत बीमितले सर्वाधिक २० घातक रोगविरुद्ध ५० लाखसम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन्।