प्रभु बैंकका दुई शाखा थप


प्रभु बैंकले काठमाडांै बल्खु र दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। काठमाडांै बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गर्नु भएको हो।

त्यस्तै दाङको लमही शाखा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्नु भएको छ। नयाँ शाखासँगै बंैकले हालसम्म १८२ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दैै आएको छ।