हिमालयन हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा जनता क्यापिटल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। हिमालयन हाइड्रोले सय रुपियाँ अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड ५० लाख रुपियाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपियाँबराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रको लागि छुट्याइएको छ।
आईपीओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ। आईपीओ निष्काशन सम्बन्धी सम्झौतामो हिमालयन हाइड्रोपावरका सञ्चालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटलका कार्यकारी निर्देशक विश्व सुवेदीले हस्ताक्षर गर्नुभएको छ। कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। जनता बैंक नेपालको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोबार अनुमति पाएसंँगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माइक्रोफाइनान्स को शेयर रजिष्ट्रेशनसम्बन्धी कारोबार शुरु गरिसकेको छ।