विमानस्थलमा ११ ठूला विमान पार्किङ गर्न मिल्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ११ विमान पार्किङ गर्ने मिल्ने भएको छ। मंगलबार पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण सम्पन्न गरी थपिएसँगै विमानस्थलको अन्तर्राष्ट्रिय विमानको पार्किङ क्षमता ११ पुगेको हो।यसअघि नौ वटा जहाज पार्किङ क्षमता रहेको थियो।

पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म विमान पार्किङ गर्न मिल्ने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलमा बढिरहेको विमान चाप व्यवस्थापन गर्ने सहज हुने बताउनुभयो।

विमानस्थलमा पर्याप्त पाकिङ क्षेत्र नहुँदा विमान आकाशमा होल्ड हुने समस्या अबका दिनमा नहुने विमानस्थलको भनाइ छ। साढे ४० करोड रुपियाँको लागतमा पार्किङ वेको निर्माण गरिएको हो।