सिद्धार्थ बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

0
Shares

सिद्धार्थ बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ। सो सम्बन्धी सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सानिमा लाइफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ। त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनमा, सानिमा लाइफ इन्स्योरेन्समा बीमा गर्ने ग्राहकलाई आवश्यक बीमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयबाट उपलब्ध हुने बताउनुभयो।