नेपाल समाचारपत्र, काठमाडौं
नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात् बिनाशल्यक्रिया नेपाल मेडिसिटीमा उपचार गरिएको छ।
माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो, जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डीलगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ। चिकित्सकका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ। यस उपचारमा संलग्न चिकित्सकहरूमध्येका एक डा। ओमबिजु पन्तका अनुसार नेपालमा कहीं–कहीं यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरका लागि यो पहिलो सफलता हो। सिटी स्क्यान गरी सामान्य एनेस्थेसियाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो।
आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्राडा रामकुुमार घिमिरे, सोही विभागका डा। पन्त तथा एनेस्थेसेलोजिस्ट डा। अपूर्व शर्मा सहभागी हुनुहुन्थ्यो। उपचारपश्चात् बिरामी तत्काल डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया