स्वतन्त्र नागरिक सरकारको आवश्यकता

0
Shares

बालकृष्ण मैनाली
देशले भर्खरै गणतन्त्र दिवस मनायो। सँगसँगै यो दिवस मनाउने पूर्वसन्ध्यामा अनाहकमै केही होनाहार युवाहरूले औचित्यहीन मृत्युवरण गर्न पुगे। एउटै राजनीतिक दलका नामहरूबाट आफूलाई परिभाषित गर्दै आएका दुई राजनीतिक दलहरू एउटा सत्ताको दम्भले उन्माद अर्को सत्ता प्राप्ति नभएको कुण्ठाका कारण आ–आफ्ना स्वार्थ सम्बोधन गर्ने सवालमा गतहप्ता सत्ता प्राप्ति नभएका विद्रोही नामक राजनीतिक व्यवसायीहरूले देशमा बम विस्फोटनीय बन्दले प्रभाव जमाउने जमर्को ग¥यो। सत्तासीन राजनीतिक व्यवसायीहरूले प्रतिबन्ध लगाएको गैरसत्तासीन राजनीतिक व्यवसायीहरूले गरेको देश बन्दको आह्वानमा देशका केही होनहार युवाहरूले औचित्यहीन बलिदान दिनुपर्ने वातावरणले प्रश्रय पाइछाड्यो। सत्तासीन राजनीतिक व्यवसायीहरू पनि आफूलाई नेकपा भन्नमै रुचि राख्छन् अनि सत्ताबाहिर रहेका र सत्तासीन राजनीतिक व्यवसायीहरूबाट प्रतिबन्धित कहलाइएका राजनीतिक व्यवसायीहरू जसले हालै मृत्यु लक्षित देशबन्द आह्वानमार्पmत केहीलाई औचित्यहीन बलिदान दिन बाध्य पारे। ती राजनीतिक व्यवसायीहरू पनि आफूलाई नेकपा नै भन्न रुचाउँछन्।

यी दुवैका समान विशेषता भनेको आ–आफ्ना रुचिका लागि जनतालाई मोहरा बनाई थरी–थरीका कार्यक्रम पस्किनु नै हो। यस्तै कार्यक्रम पस्किने क्रममा सत्ताविहीन राजनीतिक व्यवसायीहरूले गएको १३ जेठमा आयोजना गरेकोे देशबन्द नामक द्वन्द्वमा जो जतापट्टिका भए पनि चारजनाले आफ्नो जीवनको औचित्यहीन बलिदान दिनुप¥यो। बेला–बेलामा नागरिकहरूले जान–अन्जानमा दिएको आफ्नो जीवन बलिदानहरूको सार्थकता के हो भन्ने कुरामा जनमत अभैm प्रस्ट हुन सकेको छैन। राणाहरूका विरुद्ध भएको बलिदान, पञ्चायत व्यवस्थाविरुद्ध भएका बलिदान, बहुदलीय व्यवस्थाविरुद्ध भएका बलिदान अनि त्यसै गरी राजतन्त्रिक व्यवस्थाविरुद्ध भएका बलिदान र आन्दोलनले जनलक्षित समस्याहरूमा के परिवर्तन आयो रु देश अहिले कुन स्थितिमा छ रु अनि सदैव जनताकै नाउँमा पटक–पटक जनताकै बलिदान किन भन्ने प्रश्न कदापि अतिसयोक्ति होइन।

जुनसुकै नामधारी दलका राजनीतिक व्यवसायीहरूले सत्ता सञ्चालन गरे पनि सत्तामा हुन्जेलसम्म विकासै विकास र परिवर्तन नै परिवर्तन देख्ने रोग नयाँ हुँदै होइन। धेरै अगाडिको इतिहासमा नगई राणाकालीन, पञ्चायतकालीन, बहुदलीय कालीन र वर्तमान गणतन्त्रका लीन माध्यमबाट राजनीतिक सत्तामा पुगेका सत्तासीनहरूको भनाइ, गराइ र व्यवहारबीचमा उजागर भएको वास्तविक तथ्यबाट देखिएको फरकपनबाट यो कुरालाई पुष्टि गर्दछ। होनहार युवाहरूको प्रत्येक दिन भैरहेको खाडी पलायन र नबिराइकन शवको रूपमा बक्साभित्र बन्द भई भइरहेको देशागमन अनि राज्यका हरेक अंंगमा देखिएका बेथिति नै उल्लिखित भनाइलाई पुस्ट्याइँ काफी छ। भ्रष्टाचार नियन्त्रण र सुसाशनसम्बन्धी नाराको सार्थकता प्राप्ति त धेरै टाढाको कुरा भयो।

अहिलेको आवश्यकता भनेको स्वतन्त्र नागरिक सरकारको हो। किनकि अहिलेको अवस्थामा राजनीतिक व्यवसायीका सदस्यहरूले देशमा देखा परिरहेको समस्याको हल त परै जाओस्, के भएर हो अथवा कोदेखि तर्सेर हो समस्याको सम्बोधन गर्न पनि डराइरहेको अनुभूति भैरहेको छ। यस्तो अवस्थामा यहाँका केही अधिकारवादीसमेतलाई राजनीतिक व्यवसायीका सदस्यहरूले भ्रममा राख्न वा आफ्नो मुठ्ठीमा राख्न सफल भएको हो कि भन्ने आंशका बढ्दै जान थालेको छ।

गएको जेठ १३ गते भएको बन्दसम्बन्धी सार्वजनिक भएको समाचारलाई आधार मान्दा बम विस्फोट गराउन राखिने समय गोलमाल भएको कारणलगायत अन्य केही त्रुटिका कारणले असमयमै बम विस्फोट हुन पुगी बन्द आयोजकका कार्यकर्ता युवाहरू स्वयंको मृत्यु हुन पुगेको कुराले थरी–थरीका आन्दोलनकर्ताहरू र थरी–थरीका नियन्त्रणकर्ताहरूमध्ये कसैलाई दुखी बनाएको होला र बजार गर्मायो। कसैलाई मुखले दुःख व्यक्त गरिटोपले पनि अरूलाई मार्न हिँड्ने आफैं मरिस भनेर खुच्चिङ मनाउनेको पनि कमी छैन यहाँ। त्यसै गरी केही राजनीतिक व्यवसायीहरूले ती युवाहरूलाई आतकंकारी भन्लान् भने केही राजनीतिक व्यवसायीकहरूले देशको लागि शहीद भयो भन्लान्। राजनीतिक व्यवसायीहरूको लागि यो खेल र घटना सामान्य हुनसक्छ। तर अनाहक मृत्युवरण गर्न पुगेका परिवारका सदस्यहरूलाई परेको पीडाको बोध अति कष्टकर हुन्छ। यस्तो कष्टकर बोध कुनै पनि राजनीतिक व्यवसायीहरूलाई छँदै छैन भन्दा हुन्छ। नियतिले यही देखाइरहेको छ।

यस्तै पीडामध्येको एउटा समाचार सार्वजनिक भएको छ, अनाहकमा औचित्यहीन मृत्युवरण गर्न पुगेका एक होनाहार युवाको परिवारका सदस्यहरूबाट। बझाङका २६ वर्षीय प्रज्वल डाक्टर बन्न आएका थिए काठमाडौंमा पाँच वर्षअघि। काठमाडौं आएका बेलादेखि नै उनी राजनीतिमा होम्मिए। डाक्टर बनेर रोगीको सेवा गर्ने उद्देश्यसहित राजधानी छिरेका उनी किन र कसरी देशको दूषितपूर्ण राजनीतिमा प्रवेश गर्न पुगे भन्ने प्रश्नको उत्तर उनको देहावसानसँगैसँगै यसबारेको तथ्य पनि गर्भमै बिलाउन पुग्यो। समाचारअनुसार प्रज्वलको मृत्युले उनका परिवारका सदस्यहरू बेहोस अवस्थामा पुगेका छन्। आफन्तले क्षतविक्षत प्रज्वलको शवलाई घरमा लगेर आमाबुबा र परिवारका अन्य सदस्यहरूलाई थप पीडा दिनुभन्दा सो शव उनको घर बझाङ नलगी यतै दाहसंस्कार गर्ने निधो गरे र पशुपति आर्यघाटमा दाहसंस्कार गरिदिए।

प्रज्वलको परिवारले आफ्नो श्रीसम्पत्ति साहूकहाँ धितो राखेर १६ लाख ऋण लिई मेडिकल शिक्षा उपलब्ध गराउने प्रयास गरेका भए पनि त्ये पूरा हुनसकेन। अभिभावकको इच्छा त खरानी भयो–भयो तर अब ऋण लिएको पैसा कसरी तिर्ने रु छोराको मृत्युको पीडासँगसँगै अर्को थप आर्थिक पीडा थपिएको छ शाही परिवारलाई। यो त एक प्रतिनिधि उदाहरणमात्र हो। सामाचार सार्वजनिक नभएका अथवा आफ्ना छोराछोरी कहाँ छन्, के गरिराखेका छन् र कुन अवस्थामा छन् भन्ने सूचनामा पहुँच नभएका बाबुआमाको संख्या पनि कम छैन देशमा।

यो अलग कुरा हो, बम विस्फोटमा परी युवाहरूको मृत्यु भएको समाचारले बन्दको प्रभाविकारितालाई केही प्रभाव पक्कै पा¥यो होला। अरूको मृत्युसँग खेल्न पल्केकाहरूले आफ्नै कार्यकर्ताको मृत्यु भए पनि बलिदानीपूर्ण कार्य भने होला। अरू बेला बन्दको आयोजना गर्दा गुड्ने सवारीसाधनहरू बम विस्फोटनबाट मानव मृत्युको समाचारपछि गुडेनन् होला। केही संख्यामा गुडे पनि सवारीचालकहरू हतास मनस्थितिमा देखिए होलान् र छिटो–छिटो गन्तव्यमा पुग्ने प्रयास भए होलान्। त्यस्तै–त्यस्तै दृश्यलाई स्मरण गर्दे आयोजकहरू सफलताको अनुभूतिमा रमाएका पनि होलान् भनेर जनमतले अनुमान गरेमा अन्यथा ठहरिँदैन।

विगतदेखि आजको दिनसम्म आइपुग्दा जनमत के कुरामा ढुक्क भएको छ भने, राजनीतिक व्यवसायीहरूले जे–जस्तो खोल ओढेर जेसुकै क्रियाकलाप गरे पनि सबै प्रकारका राजनीतिक व्यवसायीहरू, तिनका परिवारका सदस्यहरू अनि आफ्ना वरपरका कार्यकर्ताहरूबाट देशदोहन भएको हो भन्ने कुरा हेक्का राख्छन्। त्यही भएर आफ्ना मान्छे कानुनी कठघरामा उभिन पुग्छन् भनेर इमानदार राजनीतिक व्यवसायीहरू पनि यसका विरुद्ध आवाज उठाउने हैसियत राख्दैनन्, जुन कुरा घामजत्तिकै छर्लंग छ भन्ने कुरामा जनमत विश्वस्त छ। राजनीतिक व्यवसायीहरूका यी र यस्ताखाले आन्दोलनहरू आफू सत्तामा पुग्ने महत्वकांक्षाबाट मात्रै लक्षित हो भन्ने कुरा जनमतले बुझिसकेको छ। राजनीतिक व्यवसायीहरूले गर्ने आन्दोलनका नाउँमा जोसुकै जुनसुकै किसिमबाट प्रताडित भए पनि अथवा मृत्युवरण गरे पनि राजनीतिक व्यवसायीहरूबाट खोक्रो अश्वासन र देखावटीको लागि केही आर्थिक सहायतादेखि बाहेक देशको समस्याको बारेमा सामूहिक सम्बोधन हुन्छ भन्ने कुराको विश्वास जनमतमा छँदै छैन। यस्तो विश्वास दिलाउन सक्ने खूबी भएका नेताहरू देशमा नभएका होइनन् तर दुर्भाग्य नै मान्नुपर्दछ कि यी मध्ये कोही दिवंगत भैसके भने कोही पर्दापछाडि पारिए। पर्दापछाडि पारिएकाहरूको लागि सम्बन्धित दलमा कुनै अस्तित्व छैन भने पनि हुन्छ। यस अर्थमा पनि अब देशमा राजनीतिक व्यवसायीहरूलाई सत्तामा मात्र पु¥याउन युवाहरूको बलिदानको आवश्यकता छँदै छैन भन्ने कुरा जगजाहेर भैसकेको छ। कुनै पनि विधाको माध्यमबाट वा कसैको गुलियो बचन वा भाषणबाट अभिप्रेरित भएर राजनीतिक व्यवसायीहरूको दास बन्नु आजका युवाहरूको भूल साबित हुनेछ। बरु त्यसको सट्टा स्वतन्त्र युवा नागरिक समाजको नेतृत्व बहन गरी स्वतन्त्र नागरिकले सरकारको सदस्यको भूमिका निभाउनु श्रेयष्कर मानिन्छ। अबको आवश्यकता भनेको नागरिक सरकारको निमित्त संर्घषरत हुनु हो। युवाहरूले यस विषयमा सोच्नुपर्ने बेला आइसकेको छ। यस मामिलामा केही नागरिक युवाले पहल लिएको त देखिन्छ तर त्यो यथेष्ट छैन। कताकता कुनै न कुनै दलीय स्वार्थ वा कसैको आग्रहमा आवाज उठाएको हो कि भन्ने आभास हुन्छ। यदि त्यस्तो होइन भने स्पष्ट र दूरदर्शी तरिकाले आफूलाई प्रस्तुत गर्न युवाहरू पछि पर्नु हँदैन।

हालै स्वतन्त्र नागरिक आयोग भन्ने केही छुट्टाछुट्टै समूहले देशमा घटेका एकाध विषयमा हुन गएको भ्रष्टाचारका बारेमा आफ्नो धारणा राख्ने प्रयत्न गरेको देखिन्छ। तथापि नीतिगत भ्रष्टाचारदेखि लिएर ठूला–ठूला भ्रष्टाचार र बेथितिबारे बोल्न आँट गरिरहेको अनुभूति देखा पर्दैन। यसले गर्दा यी नागरिक आयोगका सदस्य वा पदाधिकारिहरू पनि कतै अलमलिएका हुन वा कसैबाट परिचालित भएका छन् भन्ने कुरामा जनमतले अभिशंका प्रकट गरेका छन्, जसलाई अन्यथा मान्नुपर्ने अवस्था देखिँदैन। यही जेठको दोस्रो हप्ताको शनिबार वसन्तपुरमा भएको एक नागरिक आयोगले राखेको वाइडबडी सम्बन्धमा मात्र राखेको धारणाले यो शंसय उत्पन्न गराएको हो।

अहिलेको आवश्यकता भनेको स्वतन्त्र नागरिक सरकारको हो। किनकि अहिलेको अवस्थामा राजनीतिक व्यवसायीका सदस्यहरूले देशमा देखा परिरहेको समस्याको हल त परै जाओस्, के भएर हो अथवा कोदेखि तर्सेर हो समस्याको सम्बोधन गर्न पनि डराइरहेको अनुभूति भैरहेको छ। यस्तो अवस्थामा यहाँका केही अधिकारवादीसमेतलाई राजनीतिक व्यवसायीका सदस्यहरूले भ्रममा राख्न वा आफ्नो मुठ्ठीमा राख्न सफल भएको हो कि भन्ने आंशका बढ्दै जान थालेको छ। अधिकारवादीहरूलाई विदेशी मुद्रामा उफ्रने भन्दै आरोप लाग्न थालेको धेरै समय भैसक्यो तर यसको चित्त बुझ्दो जवाफ जनमतले अहिलेसम्म पाएको छैन। यस अर्थमा स्वतन्त्र नागरिकको सरकार आवश्यकतासम्बन्धमा विस्तृत धारणासहित जनसमक्ष आउन ढिला भैसकेको छ। यस मामिलामा क्षमता र इमानदार स्वतन्त्र नागरिक सम्मिलित सरकारको पक्षमा रहेका विभिन्न राजनीतिक दलका सदस्यहरूबाट दलीय व्यवसाय त्यागेर स्वतन्त्र नागरिक सम्मिलित सरकार गठनको लागि आफ्नो तर्पmबाट त्याग हुन सक्यो भने देशले सकारात्मक परिवर्तनरूपी पाइला चाल्न समय लाग्दैन।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ।)