भदौलाई सोच


एक्सन लभस्टोरी फिल्म सोच भदौ २० गते अल नेपाल रिलिज हुने भएको छ। पुजन सिंह ९प्रभाकर प्रकाश० को कथा र निर्देशनमा बनेको फिल्मको फस्र्ट लुक पोस्टर हालै सार्वजनिक गरिएको छ।

सार्वजनिक तीन डिजाइनका पोस्टरमा अभिनेताद्वय प्रज्वल गिरी, पुजन सिंह र अभिनेतृ निता ढुंगानालाई प्रस्तुत गरिएको छ। सोच फिल्मस् प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा गंगा रजक प्रकाश र एसडीले निर्माण गरेको फिल्ममा प्रज्वल, निता र पुजनका साथमा विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन्। कृष्ण आचार्यको पटकथा र संवाद रहेको फिल्ममा रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द्व र प्रितम पाण्डेको सम्पादन रहेको छ। फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देशसमेत प्रदान गर्ने निर्देशक पुजनले दाबी गरे।