नेपाल समाचारपत्र, बाँके
ष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको रोजा इफ्तारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभएको छ।
मुस्लिम समाज, बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ मा सहभागी हुनुभएकी राष्ट्रपति भण्डारीले विशिष्ट सांस्कृतिक विविधता भएको देशमा यस किसिमको पर्वले एकताको सूत्रमा जोड्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले मुस्लिम आयोग गठन भएकोमा प्रसन्नता व्यक्त गर्दै रोजामा गरिबलाई दान गर्ने परम्परा सह्रानीय भएको बताउनुभयो।
मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा आयोजित रोजा इफ्तारमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएपछि मुस्लिम समुदाय हर्षित भएको छ।
मंगलबार साँझ ७।१० बजेको रोजा इफ्तारमा राष्ट्रपति भण्डारी सहभागी हुनुभएको हो। सूर्य उदाउनुअघि ‘सेहरी’ खाएर दिनभरि पानी पनि नखाइ रोजा बस्नेहरूले सूर्य अस्ताएपछि खानपिन गर्दछन्। यसरी खानपिन गर्नुलाई रोजा इफ्तार भनिन्छ। इस्लाम धर्मका पाँच स्तम्भमा इमान, नवाज, रोजा, जकात र हज पर्दछन्।
राष्ट्रपतिसमक्ष मुस्लिम अगुवाहरूले चार सूत्रीय माग अघि सारेका छन्। मुस्लिम समुदायको छुट्टै पहिचान कायम गरिदिन, मुस्लिम पर्वहरूमा सार्वजनिक बिदा दिन, प्रत्यक्षतर्फको ६० प्रतिशत सिटमा समानुपातिक, समावेशीलाई कायम गर्न र राष्ट्रिय मदरसा बोर्ड गठनका लागि आवश्यक पहल गरिदिन माग गरेका हुन्।
यी मागहरू सुनेपछि राष्ट्रपति भण्डारीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। राष्ट्रपति भण्डारीले मुस्लिम समुदायले उठाएका सवालहरू सरकारलाई जानकारी हुने विश्वास दिलाउनुभयो।
शहरी विकास मन्त्री मो। इस्तियाक राईले रोजा इफ्तारमा राष्ट्रपति सहभागी भएर मुस्लिम समुदाय गौरावान्वित भएको बताउनुभयो। मुस्लिम अगुवाहरू अब्दुल करिम खाँ, सकिल अहमद, अब्दुल हुसैन खाँ, मो। हारुन, अतहर हुसैन फारुकी, अब्दुल वाहिद मन्सुरी ९चुन्ना० ले मुस्लिम समुदायको गौरवमय इतिहासको व्याख्या गर्दै राजनीतिक रूपमा पछाडि परेको गुनासो गरेका थिए।
नेपालमा ४।४ प्रतिशत अर्थात ११ लाख ६४ हजार २ सय ५५ जना मुस्लिम समुदाय रहेका छन्। जनगणनामा मुस्लिम थुप्रै थरलाई पहिचान गर्न नसकिएकाले वास्तविक तथ्यांक नआएको उनीहरूको भनाइ छ।
मुस्लिम समुदायले राज्यका हरेक निकायमा आफ्नो पहिचानका आधारमा प्रवेश नपाएको, शिक्षा, स्वास्थ्य र रोजगारीमा पछि परेको, जनसंख्याको आधारमा नीति निर्माणको तहमा पहुँच पुग्न नसकेको मुस्लिम अगुवाको गुनासो रहेको छ। उनीहरूले पहिलोपटक राष्ट्रप्रमुख नै रोजा इफ्तारमा सहभागी भएकोमा आफूहरू धेरै खुसी भएको बताएका थिए।
राष्ट्रपति भण्डारीको मंगलबार नेपालगन्जमै बास रहेको छ। उहाँ बुधबार बिहान जीगाउँस्थित प्रभात स्कूलको कार्यक्रममा सहभागी हुनुहुनेछ।
प्रतिक्रिया