नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर व्यवस्थापनमा निजी क्षेत्रले योगदान दिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
वातावरणीय प्रदर्शनी र जागरणमूलक ¥यालीपछि मंगलबार राजधानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रमुख शाक्यले निजी क्षेत्रले फोहोर व्यवस्थापनमा दिगो सहयोग पु¥याउन सक्ने कुरालाई महानगरले महसुस गरेको बताउनुभयो। उहाँले अहिलेका लागि निजी क्षेत्रले लिएको जिम्मा महŒवपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले राम्रो काम गर्ने निजी क्षेत्रलाई प्रवद्र्धन गर्न सके परिणाम ल्याउन सजिलो हुने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै वातावरण व्यवस्थापन समितिका संयोजक एवं वडा १२ का अध्यक्ष विकास डंगोलले प्रतिफल आउने गरी फोहोरमा लगानी व्यवस्थापन गर्ने बताउनुभयो।
सोही अवसरमा बोल्दै वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहोर जथाभावी फाल्ने संस्कृतिको अन्त्यका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताउनुभयो। घरेलु फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रले पु¥याएको योगदानलाई संस्थागत गरौं, कार्यक्रममा बोल्दै वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल र फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धनप्रसाद आचार्यले अहिले फोहोर संकलन र ढुवानीका लागि क्रियाशील निजी तथा गैरसरकारी संस्थालाई काम गर्न जमिन मात्र दिने हो भने फोहोर सडकमा देखिने अवस्थाको अन्त्य हुने दाबी गर्नुभयो।
कार्यक्रममा मेयर शाक्यले परिवर्तन सन्देश नामक पुस्तक सार्वजनिक गर्नुभयो। परिवर्तन सेवा प्रालिले तयार पारेको पुस्तकमा फोहोर व्यवस्थापनका सम्भावना र चुनौतीलाई क्षेत्रगत आयामबाट चित्रण गरिएका लेख समावेश छन्। यस वर्ष ‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ नाराका साथ आज यो वर्षको ४५औं बिश्व वातावरण दिवस मनाइँदैछ।
प्रतिक्रिया