काठमाडौं, (नेस)
राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसद् प्रमोद साहले संविधान संशोधन नगरेर सरकारले आफूहरूलाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शुरुमा नै राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले साहलाई बोल्न समय दिनुभएको थियो। संविधान संशोधनका लागि नै पटकपटक मधेस आन्दोलन र अन्य आन्दोलनमा जनताले ज्यान गुमाएको भन्दै उहाँले संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो।
राज्य र संविधानले विभेदकारी नीति लिएकाले पनि संशोधन अपरिहार्य भएको उहाँको भनाइ छ। झण्डै २ तिहाई मत प्राप्त सरकारले मधेस र मधेसी जनताको भावनामा प्रहार गरेको भन्दै उहाँले संघीयताको मर्म र भावनाविपरीत लोकसेवा आयोगले विज्ञापन गरेकोमा पनि राजपाले आपत्ति जनाउँदै आएको छ।
सांसद साहले प्रदेशको सञ्रचना बने पनि प्रदेशलाई अधिकार नदिएको भन्दै उहाँले संघीय सरकारको नियतमाथि पनि प्रश्न उठाउनुभयो।
प्रतिक्रिया