नायक अनुपले पोखरामा ‘दुल्ला’ को आउटलेट ओपनिङ गरे


पोखरा ।
‘दुल्ला’ ब्राण्डको नयाँ अफिसियल आउटलेट पोखरामा खुलेको छ । यस ब्राण्डको मंगलबार नायक अनुपविक्रम शाहीले रिवन काट्दै पोखराको चिप्लेढुङ्गामा ओपनिङ गरेका हुन् ।

नेपालमा पहिलोपटक सोसियल मिडिया अनलाइन विजनेस शुरु गरेको यो ब्राण्ड २०१५ सालबाट खुला विजनेसमा उत्रिएको थियो । यो नेपाली लेदर फेशन इन्डष्ट्रिमा स्थापित हुन सफल भएको छ ।

काठमाडौंपछि ‘दुल्ला’ले चितवन र धरान शहरमा आफुलाई प्रस्तुत गरिसक्दा पाएको सफलताले पोखरामा आउटलेट राख्न सफल रह्यो । ‘दुल्ला’ले देशभरका मुख्य मानिने सबै शहरका ग्राहकहरुमाझ आफ्नो ब्राण्डलाई उपलब्ध गराउने लक्ष्य लिएको छ ।

२०१५ मा जुत्ता(चप्पलबाट सुरु गरेको विजनेस यतिबेला महिला र पुरुष दुबैको लागी ‘बेल्ट’, ‘वालेट’ र ब्यागसम्म आइपुगेको छ ।

नायक अनुपविक्रमले यस ब्राण्डको ओपनिङ गर्दै नेपालीहरुले नेपाली ब्राण्डलाई नै माया दिनुपर्छ, देशमै उद्धमशिलता बढाउनुपर्ने बताए । उनले भने, ‘अब नेपाली ब्राण्डहरु नै भरपर्दो र टिकाउ आउन थालेका छन्, यसले ग्राहकहरुको सन्तुष्टि र युवाहरुलाई रोजगार दुवै दिएको छ ।’