शक्तिशाली भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ


काठमाडौं ।
आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।

क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।