नेकपा सचिवालय बैठक आज बस्दै


काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको बैठक मंगलबार बस्न लागेको स्रोतले जनाएको छ ।

बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल हुने बताइएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्यूरो गठन र केन्द्रीय कमिटिको कार्यविभाजनबारे आर्इतवार छलफल भएको थियो । सोमबार बस्ने सचिवालयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लाग्नेछ ।