तेस्रो हिमालयन ट्राभल मार्ट बिहीबारदेखि


नेपाल समाचारपत्र, काठमाडौं
तेस्रो हिमालयन ट्राभल मार्टको बिहीबारबाट राजधानीमा शुरू हुने भएको छ।
नेपाललाई हिमालयन प्रवेशद्वारका रूपमा परिचित गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रूपमा आयोजना गरिँदै आएको छ। हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको पाटा नेपाल च्याप्टरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।
नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्ने हेतुले हिमालयन ट्राभल मार्ट जेठ २३ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ। मार्टको यसअघि सम्पन्न भएका दुई संस्करणको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बतानुभयो।

उहाँले हिमालयन ट्राभल मार्ट नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सशक्त माध्यम भएको बताउनुभयो। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको मार्टले भ्रमण वर्षलाई सफल बनाउन पनि थप सहयोग मिल्नेछ। उक्त मार्टको आयोजनाले नेपाललाई अन्तर्राष्ट्रियरूपमा चिनाउने सशक्त ब्रान्डका रूपमा विकसित हँुदै गएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले बताउनुभयो।

उहाँले हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरूबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको जोशीको भनाइ छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवं पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसियसन ९पाटा० नेपाल च्याप्टरले मार्टको आयोजना गर्न लागेको हो।

हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धरै पर्यटन स्रोत बजारहरूवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले बताउनुभयो। हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रूपमा स्थापित हुँदै गइरहेको छ।

नेपालमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले पर्यटन प्रवद्र्धन तथा व्यवसायीहरूका बीच सञ्जाल विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। हिमालयन राष्ट्रहरूबाट बिक्रेताहरू तथा विश्वव्यापी क्रेताहरूलाई एउटै मञ्चमा भेला गराई उनीहरूबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्वारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरेको हो।

यस पटकको बी–टु–बी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरू र ६ वटा मुलुक ९नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्यान्ड० बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने भएका छन्। मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। समग्रमा नेपालसहित ४३ देशका करिब ७ सय जनाले मार्टमा सहभागिता जनाउने च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताउनुभयो। तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरू नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवं निर्धारित लक्ष्य प्राप्तिमा समेत केन्द्रित रहने आशा आयोजकले गरेको छ।

भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन जेठ २५ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियालाई नेपालका पर्यटकीय गन्तब्यबारे ब्रिफिङ गरिने कार्यक्रम रहेको छ। मार्टमा नेपाल पर्यटन बोर्डबाट विनियोजित २ करोडसहित विभिन्न निजी क्षेत्रको सहयोग तथा सौजन्य गरी कुल ६ करोड खर्च लाग्ने पाटा नेपाल च्याप्टरले जनाएको छ।