तरकारीले बजार नपाउँदा समस्या


विनोद सिंह विष्ट, बैतडी
तरकारीले बजार नपाउँदा बैतडीको दुर्गम शिवनाथका किसानहरूलाई समस्या भएको छ। शिवनाथ गाउँपालिका–५ राजीखोलाका स्थानीय किसानहरूले उत्पादन गरेको तरकारीले बजार नपाएको हो।

तरकारीले बजार नपाउँदा उत्पादन बिक्री गर्न समस्या हुने भएकोे शिवनाथ गाउँपालिका–५ का परमल सिंह साउदले बताउनुभयो। मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या हुने गरेको उहाँको भनाइ रहेको छ। तरकारी बिक्रीका लागि स्थानीय बजार सुल्लेखान र मेलौलीसम्म लैजाने गरेको भए पनि बिक्री नहुँने गरेको सेतु साउँदको भनाइ रहेको छ।

तराईबाट आउने तरकारी यहाँको भन्दा सस्तो हुने गरेकाले स्थानीयस्तरमा उत्पादन गरेको तरकारी बिक्री नहुँने गरेको हरिसिंह साउँदले बताउनुभयो। ३ घण्टा बोकेर बजारसम्म पु¥याउने गरेको भए पनि सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

केही वर्षसम्म राजुखोलाका स्थानीय बासिन्दालाई खानेपानीका लागि समेत समस्या हुने गरेको भए पनि सामाजिक चेतना तथा विकास संघ ९साडा० नेपालद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम ९पहल० कार्यक्रमले ८ लाखमा बहुउद्देश्यीय पानी प्रणालीमार्फत खानेपानीको योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दा वर्षौंदेखिको खानेपानीको अभावबाट मुक्त भएका हुन्। यसका साथै उनीहरूले योजना सम्पन्न भएपछि तरकारीसमेत उत्पादन गर्न थालेका हुन्।

पहल कार्यक्रमको ४ लाख २७ हजार ७ सय ४८ र स्थानीयको ३ लाख ७३ हजार ३ सय ६१ रुपियाँको लागतमा राजीखोला बहुउपयोगी पानी प्रणाली योजना सम्पन्न भएको पहलका कार्यक्रमका जिल्ला संयोजक लालबहादुर महराले जानकारी दिनुभयो।