शाहरुख पनि भिलेन !


बलिउड अभिनेता साहरुख खानले पछिल्लो फिल्म जिरो असफल भएपछि नयाँ फिल्ममा काम गरेका छैनन्। तर, फिल्म जिरोबाट आफूले गरेको अपेक्षा पूरा नभएपछि निरास बनेका उनी फिल्म धुम–४ मा काम गर्न लागेको खबर बाहिरिएको छ।

उनलाई यशराज ब्यानरले उक्त हिट फिल्मको सिरिजमा भिलेनको भूमिकामा अभिनयका लागि अफर गरेको भारतीय अनलाइन वेव दुनियाँको खबर छ। तर, शाहरुखले अहिलेसम्म उक्त फिल्ममा काम गर्ने वा नगर्ने विषयमा जवाफ भने दिएका छैनन्। साहरुखले धुम–४ मा काम गरेको खण्डमा उनको कमब्याक बलियो हुने अपेक्षा गरिएको समाचारमा चर्चा गरिएको छ।