ट्रेलरमा आप्पा


आगामी असार १३ गते अल नेपाल रिलिज हुने फिल्म आप्पाको ट्रेलर सार्वजनिक गरिएको छ।
बाबु र छोराको सम्बन्धको कथा बुनिएको फिल्मको ट्रेलरमा बाबुछोराबीचको सम्बन्धका साथमा पारिवारिक प्रेम र प्रेमी–प्रेमिकाबीचको प्रेमका झलक प्रस्तुत गरिएको छ। जसमा यसका मुख्य कलाकारहरूलाई देखाइएको छ। ट्रेलरमा दयाहाङ राई, सिद्धार्थराज तामाङ, एलोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारलाई देखाइएको छ। फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन्। उनले यसमा आप्पाको भूमिका निर्वाह गरेका छन्।

अनमोल गुरुङद्वारा निर्देशित फिल्म सिक्किम, दार्जलिङलगायतका स्थानमा खिचिएको छ। रुदेन रुदेन सादा लेप्चाको निर्माणमा बनेको फिल्ममा लेखन निर्देशक गुरुङ, पटकथा अनमोल गुरुङ र उमेश उपमा, निर्देशन शैलेन्द्रध्वज कार्की र सम्पादन नेमेष श्रेष्ठको रहेको छ।