शीतल योङहाङका हत्याकाण्डका आरोपी पक्राउ


पाँचथर, (नेस)
गत वैशाख २९ गते पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं।– ४ की शीतल योङहाङका हत्याकण्डका मुख्य अभियुक्त पाँचथर फाल्गुनन्द गाउँपालिका–४ पदम तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

बालिका योङहाङको हत्यापछि फरार रहेका तामाङलाई दमक बजारबाट आइतबार पक्राउ गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरले बताउनुभयो। आरोपी तामाङलाई पक्राउ गर्नका लागि (सीआईबी) केन्द्रीय अनुसन्धान ब्युरो र संघीय प्रहरी इकाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दकमको टोलीले पक्राउ गरेको कुवँरले बताउनुभयो।

योङहाङको हत्यामा संंलग्न अर्का व्यक्ति सोही ठाउँ बस्ने भगिरथ बास्तोला भने यसअघि नै पक्राउ परेका थिए। १५ वर्षीया योङहाङ सोही वडाको सिद्ध माध्यामिक विद्यालय कक्षा १० मा अध्ययन गरिरहेकी थिइन्। योङहाङ र तामाङबीच प्रेम सम्बन्ध रहेको र उनीहरूको प्रेम सम्बन्धमा आशंका पैदा भएपछि तामाङको योजनाअनुसार बास्तोलासंग मिलेर बालिका योङहाङको हत्या गरिएकोे प्रनाउ कुवँरले बताउनुभयो। घटनाका आरोपी तामाङलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
यो हत्यामा संलग्न व्यक्तिलाई पक्राउ नभएको भन्दै पाँचथर क्याम्पसका विद्यार्थीको अगुवाइमा एक हप्ताअघि फिदिम बजारमा नारा जुलुस प्रर्दशन गरिएको थियो।