रसुवामा जीप सडकबाट १०० मिटर तल खस्याे


रसुवा ।
स्याफ्रु–मैलुङ खण्ड को नयाँ अन्तर्राष्ट्रिय राजमार्गमा सोमबार साँझ टाटा सुमो दुर्घटनामा परेको छ । कालिका र गोसाईकुन्ड गाउँपालिकाको सिमाना मैलुङ आसपास क्षेत्रमा बा१०च ५८२० नम्बर को जीप दुर्घटना भएको हो ।

जीप सडकबाट १०० मिटर तल खसेको छ । अहिले दुर्घटनापश्चातउद्दारका लागि सुरक्षाकर्मी परिचालन भएको जिल्ला प्रहरी प्रवक्ता ईश्वरी प्रसाद भण्डारीले नेपाल समाचापत्रलाई जानकारी दिनुभयो ।

घटनाबारे अन्य विवरण आउन बाँकी छ ।