प्रदेश– ३ का मुख्यमन्त्री पौडेलको मुटुको शल्यक्रिया सम्पन्न


काठमाडौँ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ । बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उहाँको शल्यक्रिया गरेको हो ।

मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मुख्यमन्त्री पौडेलको अवस्था सामान्य रहेको छ । चिकित्सकको सल्लाहअनुसार एक साता आराम गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले केही समयपहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै चीन भ्रमणमा जाँदा गर्नुभएको स्वास्थ्य जाँचमा मुटुमा समस्या देखिएको उहाँको सचिवालयले जनाएको छ ।
रासस