राजेश हमाल बने भर्जिन हुम्ली(फोटो फिचर)


अर्जुन बोहरा, हुम्ला ।
कैलाश मानसरवर दर्शनको लागि भारतिय तिर्थयात्री लगायतका पर्यटकहरुको घुइँचो लाग्न थालेका वेला नेपालकै चलचित्र महानायक राजेश हमाल हुम्लामा पुग्नु भएको छ । पर्यटन र हुम्ली सांस्कृतीक सम्पादाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरेको “हुम्ला बाईजाउँ कार्यक्रममा प्रमुख आकर्षका केन्द्र विन्दु बन्नु भएका महानायक हमालले हुम्लाका स्थानीय बासिन्दा लाई छम्मछम्ती नचाएर छोडे ।

हुम्लीको सभ्याताको चिनो लाई विउँत्याउँदै आफन्तलाई बोलाएर रातो काम्लो ओढाउने संस्कार अनुसार नेपालका चलचित्र क्षेत्रका महानायक राजेश हमाल लाई रातो बोख्खु र रातो काम्लो ओढाएर भर्जिन हुम्ली बनाएका छन । अहिले सम्म प्रचारमा लुकेको हुम्लाको गनतब्य लाई प्रचारमा आउनुको कारण मात्र नभई नेपाली चलचित्र जगत लाई झकझाकाउने काम गरेकोले हुम्लामै घर बनाएर बसौ बसौ जस्तो भएको नायक हमालले बताउनु भयो ।

हुम्लामा पुगेलगतै महानायक हमाल लाई हुम्ली बासीले हुम्ली कलासांस्कृतिक झकीझकाउ,सहित हुम्ली मार्सि धान,अग्रानीक चिनोको भात,फाफरको रोटी र हुम्ली भेषभुषाले स्वागत समेत गरेको विजय होटलका प्रोपाइटर विजय लामाले बताउनु भयो । आन्तरिक तथा बाह्य पर्यटकहरुको बढ्दो आकर्षणले हुम्ला यति वेला मनोरोम दृश्यको सुन्दरताले अझै लोकप्रियता कमाउन थालेको प्रष्ट हुन्छ ।

पहिलो पटक हुमलाकाृ सिमकोट विमानस्थलमै पुग्नेै लाग्दा चारै तिर हिमश्रंखला तल हरियाली वन माथि निलो आकाश, तल समथर भुभागमा रहेको विमानस्थलको सुन्दरतामा रमाउन आउनु नै यहाँ आउने पर्यटकको मुख्य उद्देश्य हो । सडक यातायातले नछोएको जिल्ला हुम्लामा पर्यटका लागि नेपालगञ्ज, सुर्खेत हुदै हवाई यातायातवाट सिमकोट बिमानस्थलसम्म ४५ मिनेटमै पुग्न सकिन्छ ।

नेपालको सबैभन्दा उच्च स्थानमा रहेको सिमकोट विमानस्थ, कैलाश मानसरवर ताल हुम्लाको पर्यटकीय गन्तव्य हो । हरेका सुन्दरता हेर्नकै लागि वर्षे्नि हजारौं पर्यटकहरु यहाँ आउने गरेका छन् । सुविधान सम्पन्न होटल,अग्र्रानिक खाना र रमिणय स्वर्गका बास स्थान हुम्लामा भेटिएका छन ।