जागरण अभियानले कांग्रेस बलियो र सरकार कमजोरः कांग्रेस कास्की कोषाध्यक्ष पाण्डे


कास्की ।
नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले कांग्रेसले १ महिनासम्म चलाएको जागरण अभियानले पार्टीलाई एकजुट बनाएको बताएकी छिन् । उनले अभियानका क्रममा सरकारको भण्डाफोर गरेको पनि जनाइन् ।

सरकारप्रति जनताको विश्वास घट्दै गएको पाइएको उनको भनाई छ । जागरण अभियानले कांग्रेसलाई जगाएको भन्ने उनी पार्टीमा देखिएका समस्याको पनि निराकरण हुँदै आएको बताउँछिन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान कास्कीमा चलिरहेको छ । २५ गते विशेष कार्यक्रमको आयोजना गरी अभियानको पहिलो चरण सकिने छ । माछापुच्छ«े गाउँपालिका वडा नं. ३ घाचोकमा आइतबार भएको कार्यक्रम भएको थियो । घाचोकका नेपाली कांग्रेसका कार्यबाहक सभापति कृष्णकुमार श्रेष्ठको सभापतित्व, जिल्ला प्रतिनिधि नेपाली कांग्रेस कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेको संयोजकत्व तथा केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको प्रमुख आथित्यतामा अभियान भएको हो ।

समापन कार्यक्रममा केन्द्रीय सदस्य जोशीले कास्की कांग्रेसमा जागरण आएको र हिजो टुटेका सम्बन्धहरुमा पुन ः जोडिएको बताएका छन् । नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले आन्तरिक विवाद हटाएर नेपाली कांग्रेसले नयाँ धार लिएको बताए । ‘आपसी द्धन्द्ध बढाइरहने हो भने कांग्रेस सधैं संकटमा पर्छ र लोकतन्त्र पनि अप्ठेरोमा पर्छ’ केसीले भने ‘ हिजो कम्युनिष्टलाई मतदान गर्नेहरु अहिले पछुताउन थालेका छन्, कांग्रेसले नै देशको बिकास गर्छ भन्ने बुझिसेकका छन् जनताले ।’ केसीले अहिलेको सरकारले जनताको दुःख नहेरेको र नचाँहिदा आश्वासन बाँडेर आफूलाई कमजोर बनाएको पनि बताए ।

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेले नयाँ विचार र व्यवहारमा कांग्रेस हिँड्नुपर्ने आवश्यकता रहेको बताइन् । ‘पार्टीभित्रको आपसी द्धन्द्ध घटाउनु र सरकारले गरेका गलत कामको भण्डाफोर गर्नु एकमात्र उद्येश्य हो’ पाण्डेले भनिन् ‘यो अभियानका क्रममा हामी प्रत्येक गाउँका कुनाकुना पुगेका छौं, पार्टीभित्रको कलह अन्त्य गरेर आउनु भन्ने सन्देश पनि ल्यायौं ।’ पाण्डेले जनताले कांग्रेसलाई मन पराउने वातावरण बढदै गएको पनि बताइन् । पार्टीले अभियानका क्रममा सदस्यता पनि वितरण गरेको थियो ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं.३ का सभापति पोषनाथ शर्माले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । शर्माले सरकारले संविधानविपरीत काम गरेको, जनताको भावनालाई सम्बोधन नगरेको आरोप लगाए । उनले सरकारका यस्तै गतिविधि बढदै गए लोकतन्त्र ध्वस्त हुने र वर्तमान व्यवस्थामाथि नै चुनौती देखिने खतरा औंल्याए ।

घाचोकको कार्यक्रममा घाचोकका उप सभापति दुर्गा लम्सालले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस कास्की जिल्ला सदस्य अम्बरबहादुर कार्की ‘अनिल’ ले मन्तव्य राखेका थिए । कांग्रेसको प्रथम चरणको एक महिनाको जागरण अभियान बैशाख २५ गतेबाट सुरु भएको हो ।