छ दिनदेखि रुकुमकोट अन्धकारमा


रुकुमपूर्व ।
विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका–१ रुकुम ९पश्चिम०मा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्चार माध्यम बन्द हुनाका साथै सरकारी कामकाजमा पनि समस्या सिर्जना भएको सञ्चारकर्मी सञ्जयनाथ योगीले बताउनुभयो । विद्युत् सेवा नभएका कारणले बैंक तथा सरकारी कार्यालयमा इन्टरनेट नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ । पेनस्टिक पाइप अड्याउने मेशिनरी वाल लगाउने काम जारी रहेको र काम अन्तिम चरणमा पुगेको आयोजनाका अध्यक्ष दीपेन्द्र मल्लले बताउनुभयो ।
रासस