एक हजार २ सय रोपनीको अवैध गाँजा खेती नष्ट


काठमाडौं ।
गोकर्णेश्‍वर नगरपालिका(१ सुन्दरीजलस्थित करिब १ हजार २ सय रोपनीमा अवैध रुपमा लगाएको गाँजा खेती सोमबार प्रहरीले नष्ट गरेको छ ।
उक्त नगरपालिकाका अन्तर्गतका क्षेत्रमा लागूऔषध गाँजाको खेती भइरहेको प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाको नेतृत्वमा खटिएको प्रहरीले उक्त गाँजा खेती नष्ट गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।