अब गाउँमै तीन करोड सम्मको ऋण पाइने


नेपाल समाचारपत्र, काभ्रे ।
काभ्रेको पनौतीमा केन्द्रिय कार्यालय रहेको सामुदायीक वचत तथा ऋण सहकारी संस्थाले तीन करोड रुपैयासम्म ऋण लगानी गर्ने हैसियत बनाएको छ ।

संस्थाका कार्यकारी अधिकृत मदन बस्नेतका अनुसार सस्थाका सदस्यलाई आवश्यक परे तीन करोड रुपैया सम्म ऋण लगानी गर्न सक्ने अवस्थामा संस्था पुगेको छ ।सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको यो हैसियतले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपुर्ण स्तम्भको रुपमा विकास गरिने सरकारको नीति लाई मद्धत गर्न बल पुग्ने देखिन्छ ।

सहकारीको क्षेत्रगत दायरा फराकिलो पार्दै उद्योग, पर्यटन, उर्जा, आवास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकारीको उपस्थिति बढाउदै लैजाने सरकारको नीति अनुरुप नै यो संस्थाले सस्तो व्यवजदरमा विभिन्न १७ प्रकारको ऋण लगनी गर्दै आएको छ ।

संस्थाका कार्यकारी अधिकृत बस्नेतका अनुसार २० लाख सम्मको ऋण लगानी गर्ने क्षेत्राधिकार व्यवस्थापकको हो भने ५० लाख सम्मको लगानी ऋण स्वीकृती उपसमितिले गर्ने छ । ५० लाख भन्दा माथिको ऋणको लागि भने सञ्चालक समितिको स्वीकृति आवश्यक पर्छ । छिटो छरिटो तरकाले ऋण उपलब्ध गराउन संस्थाले ऋण पाउने समयसिमा पनि निर्धारण गरेको छ । सबै कागजात मिलेमा २० लाख सम्मको बढीमा सातदिन भित्र, ५० लाख बढीमा १५ दिन भित्र र ५० लाख भन्दा माथि बढीमा एक महिना भित्र स्वीकृत भैसक्ने कार्यकारी अधिकृत बस्नेत बताउनु हुन्छ ।

ऋण लगनी गर्दा संस्थाले मुख्य रुपमा ऋणीको चरित्र, धितो, सुरक्षणको लागि पेश भएको काजगपत्र, परियोजना तथा परियोजनामा आफ्नो लगानीलाई हेर्ने गरिएको छ । समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियान शुरु गरेको छ ।

२५ वर्ष अघि स्थापित यो संस्थाको पनौती ४, टौखालमा मुख्य कार्यालय राखि काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गरेको छ । साथै, १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको सामुदायीक साकोसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको छ ।