सात वर्षमा पनि खुलेन श्रीसदन, अवलोकनबाट उठ्यो झन्डै २८ करोड


ईश्वरराज ढकाल, काठमाडौं

सबै तयारी पूरा भएको ७ वर्ष नाध्न लाग्दा पनि श्रीसदन अझै खुल्न सकेको छैन।

तत्कालीन संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीबाट खोलिने अन्तिम तयारी भइरहँदा उहाँको अचानक मृत्यु भएपछि उक्त काम नै अलपत्र परेको छ।

श्रीसदन देखाउने जिम्मा लिएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख अद्धैतप्रकाश श्रेष्ठले नै खोल्ने ठेगान नभएको बताउनुभयो। तर, उहाँले खोल्नेबारेमा सुरक्षा निकायसँग सहकार्य गर्न लागिएको जानकारी दिनुभयो।

उक्त सदनमा २२ बटा सीसीटिभी जडान गरिएको छ भने दुई जना कर्मचारीले रेखदेख गरिरहेका छन्। ‘श्रीसदन खुला गर्न तालुकदार मन्त्रालयलाई पटक–पटक पत्र पठाइसकेका छौं, १६ जना कर्मचारी माग गरेका थियौं, मन्त्रालयले चासो देखाएन।’ –उहाँले भन्नुभयो।

श्रेष्ठका अनुसार नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको श्रीसदन परिसरमा बाटो खोल्न सेनाको प्रमुख भूमिका रहन्छ। तर, संग्रहालयले पहल नगरिदिँदा समस्या परेको छ।

उहाँले थप्नुभयो– ‘हामी छलफल गर्दै छांै, सबैले चासो नदेखाएसम्म खोल्न सकिँदैन। बाटो भए सर्वसाधारणका लागि खुला गर्न कुनै समस्या छैन। सम्पूर्ण सामग्री सजाएर राखिसकेका छांै।’

उक्त संग्रहालयले २०६९ सालमा नै बगंैचा नजिकै रहेको सानो ढोका फुटाएर श्रीसदन पुग्ने वैकल्पिक मार्ग खुला गरेको पनि थियो। २०७२ सालको भूकम्पका कारण सरला बस्दै गरेको बम्बैचोकको भवनसँगै सो भवन प्रवेश गर्ने पुतली ढोका भत्कियो। सरलाको निधनपछि संग्रहालयले ‘बम्बै ढोका’ खुला गरी श्रीसदन पुग्ने बाटो खुला गरेको थियो।

नारायणहिटी संग्रहालयमा भ्रमण गर्न आउने अधिकांश दर्शकले आगन्तुक पुस्तिकामा राजा वीरेन्द्र र उहाँको परिवारको निजी निवास श्रीसदन हेर्न तीव्र इच्छा रहेको लेख्ने गरेका छन्।

। तर संग्रहालयले पहल नगरिदिदा समस्या परेको छ । हामी छलफल गर्दैछौ, सबैले चासो नदेखाएसम्म श्रीसदन खुला गर्न सकिदैन–श्रेष्ठको भनाई छ । उहाका अनुसार श्रीसदन प्रवेश गर्ने बाटो खुला गरे श्रीसदनमा सर्वसाधारणलाई प्रवेश गराउन कुनै समस्या नभएको श्रेष्ठको भनाई छ । श्रेष्ठ भन्नुहुन्छ– श्रीसदनको सम्पुर्ण सामाग्री सजाएर राखिसकेका छौ, बाटो खुला भए तत्काल देखाउन तयार
छौ ।

प्रकृतिप्रेमी राजा वीरेन्द्रले आफुबस्ने भवन श्रीसदनलाई कहिल्यै रङरोगन गर्नुभएन । सिमेन्ट प्लाष्टरमात्र गरिएको सो दरवार कलात्मक छ । कलात्मक प्रवेशद्धारमा ठुलो घण्ट राखिएको छ । तत्कालिन राजा महेन्द्रले छोरा वीरेन्द्रको निजी प्रयोगको लागि निर्माण गरिदिनुभएको श्रीसदन वीरेन्द्रलाई युवराजधिराज घोषणा गरिएको दिन सारिएको थियो । प्रकृतिक घर श्री सदनमा राजा वीरेन्द्रको निजी कोठाको काठको दराजमा आफ्नो सैनिक पोशाक र बुट थन्किएको छ ।

वाथरुममा उहाले प्रयोग गर्ने समाग्री सजाइएको छ । स्वर्गीय रानी ऐश्वर्याको पुजाकोठामा देवताको मुर्ती सजाईएको छ , तेस्रो तलाको भ¥याङ उक्लिना साथ प्यासेजमा पुर्व अधिराजकुमारी श्रुतिले तयार पारेको पेन्टीङ छ । निराजनको कोठामा पढाइको रुटिन राखिएको छ । स्वर्गीयराजा वीरेन्द्र, ऐश्वर्या, श्रुति र निराजनको सबैको वाथरुम, सिंगार कोठा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै रामाग्री सजाएर राखिएको छ ।

गजलमा विशेष चाख राख्ने ऐश्वर्याको कोठामा अधिकांस हिन्दी र उर्दु भाषाको क्यासेट देखिन्छन । उहाको गहना राख्ने सेफ रहेको कोठामा खाली सेफ छ गहना छैन । व्यायाम कक्षमा निराजनको जिमको सामान मिलाइएर राखिएको छ । । २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्ड हुनुअघिसम्म सदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । तर सरकारले बैकल्पिक बाटो खोल्न रकम निकासा नगरिदिदा समस्या परेको छ ।

३२ लाखले गरे अवलोकन

दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र र त्यस अघिका राजपरिवारको बस्ने घर नारायणहिटी दरबार संग्रहालयलमा परिणत भएदेखि हालसम्म ३२ लाख ८ हजार १ सय ७३ जनाले अवलोकन गरिसकेका छन् । राजा वीरेन्द्र सहित ११ राजपरिवारको हत्या भएको स्थान समेत अवलोकन गर्न खोलिएको संग्रहालयमा हालसम्म १३ लाख विद्यार्थीले अवलोकन गरेका छन् । संग्रहालयले प्रमुख अद्धेतप्रकास श्रेष्ठले दिनुभएको जानकारी अनुसार १३ लाख १२ हजार ८ सय ९८ले अवलोकन गरिसकेका छन् । संग्रहालयका अनुसार १६ लाख ३० हजार ५ सय २१ सर्वसाधारण, चीन सहितका सार्क राष्ट्रका १ लाख ८९ हजार ३ सय ५०, अन्य मुलुकका
७५ हजार ४ सय ७४ जनाले संग्रहालको अवलोकन गरेका छन् ।

संग्रहालयका प्रमुख श्रेष्ठले २०६५ फागुन १६ गतेदेखि हालसम्म २७ करोड ७२ लाख १० हजार ९ सय रुपिया संकलन भएको छ । संग्रहालय अवलोकन गर्न आउने नागरीक मध्य टिकट वापत विद्यार्थीले २०, सर्वसाधारणले सय, सार्क र चिनीया नागरीकले २ सय ५० र अन्य मुलुकका ५ सय रुपिया तिर्नुपर्ने व्यवस्था छ ।