प्रजिअ ढकालले गाउँमै पुगेर वितण गरे नागरिकता


अर्जुन बोहरा, हुम्ला ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले गाउँमै पुगेर नागरिकता वितरण गर्ने अभियान अन्र्तगत ताँजकोट गाउँपालिकामा शिविर संचालन गरेको छ । पहिलो दिन ८८ जानको नयाँ र १३ जनाले प्रतिलिपि नागरिकता लिनुको साथै सिमापास, एमआरपी फारम भर्ने, मतदाता नामावलीमा नाम दर्ता, जग्गाको कित्ताकाट सेवाहरु दिएको नापी कार्यलय हुम्लाका प्रमुख रामकृष्ण शाहीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकाललको संयोजकत्वमा नागरिकता वितरण टोलीले ताँजकोट गाउँपालिका नागरिकता वितरण गरेको हो  ।आईतबार विहान बाट नै नागरिकता बनाउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा अरुन केशीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको आयोजना ताँजकोट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको शिविरमा गाउँपालिका भित्रका १ देखि ६ वडा सम्मका स्थानीय बासिन्दाका नागरिकता लिन छुटेकाहरूले नयाँ नागरिकता र प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकालले बताउनु भयो ।

नागरिकता बनाउन दक्षिण क्षेत्रबाट सदरमुकाम सिमकोट सम्म आउन ४दिनको पैदल यात्राको समस्या हुने भएकाले पनि गाउँमै गएर सेवाग्राही लाई नागरिकता वितरण गरेकोे प्रजिअ ढंकाले जानकारी दिनु भयो । गाउँमै नागरिकता सहजरुपमा पाएको ताँजकोट गाउँपालिका ५की पम्फा छत्यालले बताउनु भयो । नागरिकता बनाउन सदरमुकाम सिमकोटमा जान आउन ८ दिन लाग्ने भएकोले अहिले घरकै अगानमा आफनो नागरिकता पाउँदा सरकार पुगेको अनुभब बताउनु भयो ।

त्यसै गरि नागरिकताको प्रतिलिपि लिनु भएकी ताँजाकोट कै मनरुपा रोकायाले सिंहदरबार गाउँमा आएको महशुस भएको बताउनु भयो । नागरिकता हराएर प्रतिलिपि लिन नपाएको बताउदै रोकायाले अहिले घरघर मै पाउने बातावरण तयार भएकोमा खुसी ब्यक्त गर्नु भयो । दुई दिनसम्म ताँजाकोट गाउँपालिकामा र २३ र २४ गते अदानचुली गाउँपालिका शिबीर संचालन हुने भएको छ ।