न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौँ ।
न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश उपाध्यायविरुद्ध परिषद्ले मुद्दा दायर गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उहाँको शैक्षिक प्रमाणपत्र विवाद आएपछि आज मुद्दा दायर गरिएको हो । तनहुँ जिल्ला अदालतका कार्यरत रहँदा शैक्षिक प्रमाणपत्र विवाद आएपछि परिषद्मा काजमा तानिनुभएको थियो ।
रासस