सानेपामा तीन जीपसहित एक मोटरसाईकल ठोक्किँदा दुईको मृत्यु


ललितपुर ।
ललितपुरको सानेपामा ३ वटा जीप र एउटा मोटरसाइकल ठोक्किँएका छन् । जसमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर गोदावरी निवासी ४० वर्षीय गोविन्दप्रसाद शर्मा र नुवाकोट घर भई कलंकी बस्दै आएका २७ वर्षीय चन्द्रमणि मूडभरी रहेका छन् ।

गोविन्द शर्मा किसान टेलिभिजनका पत्रकार समेत हुन् । शर्मा मोटरसाइकलको पछाडि बसेका थिए । गम्भीर घाइते भएका शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

एकान्तकुनाबाट बल्खु जाँदै गरेको बा१६च ४७४३ नम्बरको स्कारपियो अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको बा१२च ५७७६ नम्बरको स्कारपियो र बा४३प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।