विप्लवका पोलिटव्यूरो सदस्य पदम राई नेकपा प्रवेश गर्दै


नेपाल समाचारपत्र, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । राईसहितका नेता कार्यकर्तालाई आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउन लागेको स्रोतले जनाएको छ ।
राईलाई आर्इतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउने कार्यक्रम छ ।