सालकका लागि रानी सामुदायिक वन


नेपाल समाचारपत्र, हेटौंडा
पछिल्लो समय मकवानपुरको भीमफेदी–१ मा रहेको सालघारी सामुदायिक वन क्षेत्रमा भेटिएको लोपोन्मुख वन्यजन्तु सालक हेटौंडा–६ को रानी सामुदायिक वन समूहमा छाडिएको छ।

सालघारी वन समूहको क्षेत्रमा उपभोक्ताको बारीमा शुक्रबार साँझm सालक फेला परेको थियो। स्थानीयले वन समूहका पदाधिकारीलाई अवगत गराएपछि उनीहरूले सालक संरक्षणको काम गरिरहेको रानी बनलाई हस्तान्तरण गरेका हुन्।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर निवर्तमान अध्यक्ष पञ्चमाया स्यांतानको रोहबरमा शनिबार बिहान सालघारी वन अध्यक्ष काजीराम घलानले रानी वन अध्यक्ष कृष्ण बिडारीलाई सालक हस्तान्तरण गरेका थिए।

वन अध्यक्ष बिडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले साल्लाघारीबाट ल्याइएको सालक रानी वनको संरक्षित क्षेत्रमा छाड्नुभएको थियो। मकवानपुरका विभिन्न क्षेत्रमा फेला परेका सालक रानी वनमा बुझmाउने गरिएको समूह अध्यक्ष बिडारीले बताउनुभयो।

मकवानपुरमा पहिलोपटक सालक संरक्षणको अभियान रानी वनले शुरु गरेको थियो भने हाल आधा दर्जन बढी बन समूह संरक्षणको अभियानमा जोडिएको फेकोफन मकवानपुर अध्यक्ष चौलागाईंले बताउनुभयो।

रानी वनले २०६३ सालमा पहिलोपटक सालक संरक्षण शुरु गरेको थियो। वनले आफ्नो क्षेत्रको करिब २० हेक्टर क्षेत्र नेपालको दुर्लभ वन्यजन्तु सालकका लागि छुट्याएको छ। वन क्षेत्रका ७ वटा ब्लकमध्ये २ वटा ब्लक सालक संरक्षणका लागि छुट्याएर वन्यजन्तु संरक्षणमा उत्कृष्ट योगदान पु¥याएको रानीले वन्यजन्तु संरक्षण प्रथम पुरस्कार प्राप्त गरेको छ।

सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार २०५७ प्राप्त गर्न सफल उक्त समूहमा संरक्षित सालक हेर्न र यसबारे अध्ययन–अवलोकन गर्न देशभरका समूह हेटौंडा आइसकेका छन्। वनको ब्लक नम्बर–१ र ३ लाई सालक संरक्षित क्षेत्र बनाएर लोपोन्मुख एवम् संरक्षित सूचीमा रहेको सालकलाई समूहले सालक संरक्षण गर्न थालेको हो। सालक जोगाउन सालकको आहारा कमिला र धमिराको गोलो संरक्षणमा स्थानीय उपभोक्ता जुटेका छन्।