पर्यावरण जोगाउन १० रूख रोप्ने सूत्र


मनिला, (एजेन्सी)

पर्यावरणको मामिलामा २०औं शताब्दी फिलिपिन्सका लागि एक त्रासदीपूर्ण र≈यो। यस अवधीमा यहाँको वन क्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा सीमित हुन पुग्यो। अब यहाँको सरकार देशलाई हराभरा पार्ने प्रयासमा छ। यसका लागि फिलिपिन्समा नयाँ कानुन बनाएको छ। यसमा स्नातक पूरा गर्नुअगाडि सबै छात्र छात्राले कम्तीमा १० रुख रोप्नु अनिवार्य गरिएको छ।

फिलिपिन्सकको मेग्डलो पार्टीका नेता गेरी अलेजनोको यस कानुन तयार गर्नमा महŒवपूर्ण भूमिका रहेको बताइएको छ। यदि सबै कुरा योजनामुताबिक सही रहेमा एक पुस्ताले करिब ५ खर्ब २५ अर्ब रुख रोपिने उनले बताएका छन्। तीमध्ये १० प्रतिशत मात्र हुर्के भने पनि अर्को पिँढीका लागि ५२ करोड ५० लाख रुख उपलब्ध हुनेछन्।
अलेजनोका अनुसार फिलिपिन्समा हरेक वर्ष करिब १ करोड ७५ लाख छात्र फरक–फरक विषयमा कक्षा उत्तीर्ण हुन्छन्। ५० लाख विद्यार्थी हाइस्कुलबाट र ५ लाख कलेजबाट ग्रेजुएट हुन्छन्। यो आँकडालाई हेर्ने हो भने नयाँ कानुनअनुसार १७ करोड ५० लाख रुख रोप्न सकिनेछ।

कानुनअनुसार रुखका बिरुवा बच्ने सम्भावना प्रबल रहेको स्थानमा मात्र लगाउन सकिनेछ। यसमा वन क्षेत्र, संरक्षित इलाका, सैन्य इलाका तथा शहरका विशेष छानिएका स्थानहरू पर्छन्। रुखको प्रजातिको चयन पनि स्थानको प्रकृतिअनुसारको हुनुपर्नेछ। देशमै तयार प्रजातिका बिरुवालाई प्राथमिकताका आधारमा रोप्नुपर्नेछ।
उक्त कानुन लागु गर्ने जिम्मेवारी देशकोे शिक्षा विभाग र उच्च शिक्षा आयोगलाई दिइएको छ। कानुन बनाउनुको उद्देश्य ग्लोबल बार्मिङसँग लड्नुमात्र नभई भावी पुस्तालाई पर्यावरणप्रति जागरुक बनाउनु पनि हो। वन क्षेत्रको गिरावटले देशमा प्राकृतिक विपत्ति बढैको अलेजनोले बताए।