नेपालको संघीयता मौलिक: सभामुख महरा


नेपाल समाचारपत्र, काठमाडौं

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालको संघीयता आफ्नै मौलिकतामा आधारित रहेको बताउनुभएको छ।
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को अन्तरवस्तुबारे चर्चा गर्न जनसंख्या र विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चद्वारा शनिबार राजधानीमा आयोजित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँगको अन्तत्र्रिmया कार्यक्रममा उहाँले उक्त विचार राख्नुभएको हो।
सभामुख महराले हरेक गतिविधि गर्दा संविधानको मर्मको ख्याल राख्नुपर्ने बताउँदै भन्नुभयो– ‘संघ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुन सक्ने विमतिलाई पनि संविधानको मर्मअनुसार नै समाधान गर्नुपर्छ।’

उक्त मञ्चका सदस्य बद्री पाण्डेले राष्ट्रियसभाको विधायन समितिमा छलफलका लागि विधेयक गएकाले अन्तरक्रिया गरिएको बताउनुभयो।
कार्यक्रममा कानुनविद् काशीराज दाहालले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध तथा प्रस्तावित विधेयक तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। शंकर शर्माले प्रस्तावित विधेयक र प्राकृतिक स्रोत साधन एवं वित्त व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।