सहिमाको आइटम


सार्वजनिक
गायिका सहिमा श्रेष्ठको नयाँ आइटम गीत उम्लियो उम्लियो म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतकार किरण केसी क्रोधीको शब्द तथा संगीतकार आलोकश्रीको संगीत रहेको गीतको म्युजिक भिडियोलाई छायांकार नवराज उप्रेतीले छायांकन गरेका छन् भने सुनील क्षेत्रीले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल अलिशा शर्मालाई फिचरिङ गरिएको छ। भिडियोलाई गायिका श्रेष्ठले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।