लालबन्दीबाट उपत्यकाबाहिर बक्स अफिस शुरू


चलचित्र विकास बोर्डले राजधानीमा बक्स अफिस प्रणाली शुरू भएको एक वर्षपछि उपत्यकाबाहिर पनि यो प्रणाली सुचारु गरेको छ।
शनिबार सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरबाट उपत्यकाबाहिर बक्स अफिस सञ्चालनमा ल्याएको हो। आगामी साउनसम्म देशैभर बक्स अफिस लागू गर्ने नीतिअनुसार लालबन्दीबाट बक्स अफिस सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अनलाइन टिकेटिङ प्रिन्ट गरेर उपत्यकाबाहिर बक्स अफिसको औपचारिक शुभारम्भ गरेका हुन्। लालबन्दीको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश–२ का १० हलमा बक्स अफिस सञ्चालनमा ल्याइएको छ।