घरजग्गा अनलाइनबाटै खरिद बिक्री गर्न सकिने


नेपाल समाचारपत्र, काठमाडौं

एजेन्ट र एजेन्सीहरुलाई एकताबद्ध गरी घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाइजेसन ९एन–रियो० अगाडि बढेको छ।
घरजग्गा कारोबारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएको भन्दै एजेन्ट एजेन्सी, सरकार र अन्यपक्षसंँग मिलेर त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मुल्य पत्ता लगाउनका लागि नयाँ संस्था सञ्चालनमा ल्याउनु परेको एन–रियोका अध्यक्ष नरेश सिंहले बताउनुभयो। ‘काठमाडौं मात्र होइन भर्खर विकासित भइरहेको स्थानमा समेत सामान्य मानिसले घर बनाउनका लागि चार आना जग्गा किन्न सक्ने अवस्था छैन अनियन्त्रित रुपमा मूल्य निर्धारण भइरहेको छ, संस्थाको औपचारिक उद्घाटन समारोहमा अध्यक्ष सिंहले भन्नुभयो–‘ अब यस संस्थाले एजेन्ट र एजेन्सी व्यावसायिक ढंगबाट सञ्चालन गर्न प्रोत्साहित गर्दै जग्गा बिक्रेतालाई सही मूल्य र खरिदकर्तालाई सर्वसुलभ मूल्यमा जग्गा उपलब्ध गराउने काम गर्दछ।’
संस्थाले घरजग्गा खरिदकर्ता तथा बिक्रीकर्तालाई वास्तविक मूल्य थाहा दिन र घरजग्गा कारोबारलाई व्यवस्थित गरी सहजीकरण गर्नका लागि मल्टी लिस्टिङ सिस्टम ९एमएलएस० तयार गरिएको जानकारी दिएको छ। उक्त सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले बिक्री गर्न लागेको घर जग्गाको बास्तविक मूल्यसहित राख्नेछ भने सोही आधारमा कुनै पनि व्यक्तिले संस्थामा आबद्ध भएका एजेन्ट र एजेन्सीमार्फत खरिद गर्न सक्नेछ।