इन्टरस्कुल डान्स प्रतियोगितामा नेरिक र एनके सिंह अब्बल


राजधानीमा केएमसी इन्टर स्कुल थिम डान्स प्रतियोगिता सम्पन्न भएको छ।
केएमसी स्कुल शखंमूलमा आयोजित १० विद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा नेरिक स्कुल शंखमूल विजयी भएको छ। सरोज तामाङको कोरियोग्राफी रहेको उक्त विद्यालयले लाहुरे थिममा डान्स प्रस्तुत गरेको थियो। यसै गरी अनेकतामा एकता थिममा विदूषी गिरीले कोरियोग्राफी गरेको एनके सिंह मेमोरियल स्कुलको डान्स फस्ट रनर्सअप भएको छ भने अनिश लामाले पठनपाठनमा हुने अन्योलता र नेपाली व्याकरणसँग सम्बन्धित थिममा कोरियोग्राफी गरेको एआईए स्कुल सेकेन्ड रनर्सअप भएको छ। प्रतियोगितामा रोजवड स्कुल थर्ड रनर्सअप भएको छ भने बेस्ट डान्स कोरियोग्राफरको उपाधि अक्सिडेन्टल स्कुलका डान्स कोरियोग्राफरद्वय त्रिभुवनराज पौडेल र अर्जुन प्रतीकले प्राप्त गरेका छन्।
प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, विद्यालयका निर्देशक किशोर गौतम र प्राचार्य द्वारिकानाथ अम्गाइले ट्रफी तथा प्रमाणपत्र वितरण प्रदान गरेका थिए। विद्यालयमा हुने यस्ता प्रतियोगिताले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने तथा नृत्यमार्फत समाजलाई मनोरञ्जन, चेतना र सन्देश प्रवाह हुने हुँदा प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने कार्यक्रम संयोजक सुमनसागर जंग केसीले बताए। कार्यक्रममा कलाकारहरू कुञ्जना घिमिरे ‘सुन्तली’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’ लगायत सहभागी थिए।