नेपाल–भारत सम्बन्ध प्रभावित हुँदैन: प्रचण्ड 

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा विदेशमन्त्री जोसुकै आए पनि दुई देशका सम्बन्धमा असर नपर्ने बताउनुभयो।
नेपालप्रति तुलनात्मकरूपमा कठोर मिजास राख्ने भनी पहिचान बनाएका पूर्वपरराष्ट्र सचिव सुव्रमण्यम जैशंकर विदेशमन्त्री नियुक्त भएको सम्बन्धमा पत्रकारले विराटनगर विमानस्थलमा राखेको प्रश्नको जवाफमा उहाँले सो टिप्पणी गर्नुभएको हो।

‘भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल–भारत सम्बन्धमा कुनै ताŒिवक असर पर्दैन’ दाहालले भन्नुभयो।
उहाँले विगतमा भएको नाकाबन्दीबाट दक्षिणी छिमेकीले शिक्षा लिइसकेको अवस्था रहेको र फेरि त्यस्तो अवस्था नदोहोरियोस् भन्ने विषयमा नेपालसमेत सतर्क रहेको बताउनुभयो।

उहाँले प्रधानमन्त्री पदमा आलोपालो बसेर सरकार चलाउने विषयमा पछिल्लो समयमा चलेको बहसका सम्बन्धमा भन्नुभयो– ‘यस विषयलाई अतिरञ्जित नबनाउन म आग्रह गर्दछु।’ अध्यक्ष दाहालले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुवै अध्यक्ष लागिरहेको बताउँंदै नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यकरूपमा विभाजित नहुन आग्रहसमेत गर्नुभयो। उहाँले समझदारीका विषयलाई पार्टीले इमानदारीका साथ कार्यान्वयन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दे उहाँले दुई अध्यक्षबीच सरकार सञ्चालनमा भएको समझदारीका विषयमा बाहिर आएको कुरा कुनै नयाँ कुरा नभएको बताउनुभयो। उहाँले सो विषयमा यसअघि समेत विभिन्न माध्यमहरूबाट समझदारीका कुरा बाहिर आइसकेको बताउनुहुँदै आफूले अन्तर्वार्ताको क्रममा समझदारीलाई स्मरण मात्र गरेको बताउनुभयो।
उहाँले जेठ २० गते बस्ने सचिवालयको बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी पनि दिनुभयो।