साप्ताहिक राशिफल: जेठ १८ देखि २४ गतेसम्म


मेष
तपाईंका लागि यो साता मध्यम फलदायक छ। आज शनिबार र मंगलबारदेखि बिहीबारसम्मका दिनहरू उत्तम देखिन्छन्। उपहार–कोसेली पाउने, पेसा–व्यवसायबाट सन्तुष्टि मिल्ने, आर्थिक लाभ हुने, मान–सम्मान पाइने, उन्नति–प्रगति हुने देखिन्छ। बाँक दिनहरूमा भने मानसिक अस्थिरता, दौडधुप होला। पेटसम्बन्धी स्वास्थ्य समस्या आउन सक्छ। विवादमा फसिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ला।

वृष
साताको शुरूको दिन शनिबार केही खर्च र सामान्य स्वास्थ्य समस्या आउने सम्भावना छ। तर बाँकी दिनहरू भने धेरै लाभदायक छन्। इच्छित कार्यहरू पूरा हुँदा मन प्रफुल्लित हुनेछ। व्यापार, ठेक्कापट्टा वा गरिरहेको व्यवसायले सफलताको सिँढी चढ्नेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। नेतृत्व क्षमतामा वृद्धि हुँदा अरूहरू नतमस्तक हुनेछन्। इज्जत–प्रतिष्ठा नयाँ उचाइमा पुग्नेछ।

मिथुन
तपाईंका लागि साताको शुरू आज एक दिन र अन्त्यका तीन दिन धेरै फलदायी देखिन्छ। आर्थिक लाभ हुनुका साथै खाद्यान्न प्राप्ति होला। भाग्योदय, उपहारादि वस्तु प्राप्ति, शुभ खबर प्राप्ति, मित्रजनबाट सहयोग हुनेछ। कतैबाट स्वागत–सत्कार हुनाले हर्षविभोर, आत्मसन्तुष्टि होला। तर आइतबारबाट मंगलबारसम्म निरर्थक खर्च, आर्थिक अभाव, चोटपटकको भय, आफन्तबाट धोका नहोला भन्न सकिन्न।

कर्कट
साताको धेरैजसो दिनहरू शुभ छन्। शारीरिक स्फूर्ति बढ्नेछ। गरेका कार्यहरू सफल हुँदा सुखानुभूति, हर्षविभोर हुनेछ। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। घरमा वा अन्यत्र भए पनि शुभकार्यममा सरिक भई मिष्ठान्न भोजन पाइनेछ। उपहारस्वरूप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्न सक्छ।

सिंह
तपाईंका लागि यो साता सुख–समृद्धिदायक छ। बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुने, सुख–सन्तोष हुनेछ। राज्यको सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियतासमेत बढ्नेछ। आफ्नो गरिरहेको व्यवसायबाट यथेष्ट फाइदा हुनेछ। मान–प्रतिष्ठा बढ्नेछ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने आर्थिक नोक्सानी, अस्वस्थता एवम् तनाव होला।

कन्या
तपाईंका लागि यस साताको पछिल्ला दिनहरू उत्तम फलदायक छन्। राज्यबाट लाभ होला। इज्जत–प्रतिष्ठामा वृद्धि होला। पढाइ–परीक्षामा सफलता हात लाग्ने देखिन्छ। आर्थिक लाभ हुने सम्भावना छ। खाद्यान्न, भोजनादि वस्तु प्राप्ति होला। तर सोमबारसम्म चाहिँ शारीरिक कष्ट, काममा बाधा, रोगव्याधिको भय, खर्च होला। जुनसुकै कुरामा पनि अलि सावधानी अपनाउनुपर्ने देखिन्छ।

तुला
यो साता तपाईंका लागि मिश्रित फलदायक देखिन्छ। आज शनिबार मान–सम्मान बढ्नेछ भने त्यसपछिका दिनहरू त्यति सन्तोषजनक छैनन्। दिनचर्या अस्तव्यस्त हुने, विनाउपलब्धिको दौडधुप हुने, मानसिक तनाव बढ्ने, अपच–झाडापखालाको सम्भावना देखिन्छ। सजग रहनुहोला। तर बुधबारदेखि बिस्तारै समस्या समाधान हुँदै जानेछ। स्वास्थ्यलाभ, आर्थिक लाभ, सुख–सन्तोष हुुनेछ।

वृश्चिक
यस हप्ताका बढीजसो दिन तपाईंका लागि शुभ छन्। गरेका कार्यहरू सफल हुँदा सुखानुभूति हुनेछ। कतैबाट खाद्यान्न लाभ होला। आफन्त वा साथीभाइसँग रोमान्टिक यात्राको सम्भावना छ। उपहारस्वरूप कतैबाट प्रिय वस्तु प्राप्त हुने सम्भावना छ। तर बुधबार र बृहस्पतिबार भने कार्यमा असफलता हुँदा तनाव बढ्नेछ। धन हानि, मान हानिको सम्भावना छ। धैर्य गर्नुहोला।

धनु
तपाईंका लागि यो साताका प्राय सबै दिनहरू उपलब्धिमूलक देखिन्छन्। व्यापार व्यवसाय गरेको भए मनग्य फाइदा होला। जागिरे भए पदोन्नतिको सम्भावना, विद्यार्थी भए पठनपाठनमा सफलता हुने देखिन्छ। साथै सामान्य परिश्रमबाट पनि नचिताएको धन वा पैसा प्राप्तिको सम्भावना छ। तर आज शनिबार र साताको अन्त्य शुक्रबार भने समय अनुकूल देखिँदैन। बाधा–व्यवधान आइलाग्नेछ।

मकर
तपाईंका लागि साताको धेरैजसो समय फलदायक नै देखिन्छ। हुन त सोमबारसम्म रोगव्याधिको भय, शारीरिक कष्ट, काममा बाधा, आकस्मिक खर्च होला। तर मंगलबारबाट क्रमशः समस्या समाधान हुनेछन्। राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ। राजनीतिमा सफलता, कतैबाट आर्थिक लाभ एवम् खाद्यान्न प्राप्ति हुने सम्भावना छ।

कुम्भ
यो साता तपाईंका लागि मिश्रित फलदायक छ। आज शनिबार केही शुभ संकेत देखा परे पनि मंगलबारसम्म काममा बाधा–व्यवधान आउने, पढाइ–लेखाइमा रुचि कम हुने, आकस्मिक खर्च हुने देखिन्छ। यो अवधिमा शारीरिक एवम् बौद्धिक कसरत गर्नुपर्ला। त्यसपछिको समय भने शुभ फलदायक छ। काममा रुचि जाग्नाले सफलता प्राप्त हुने, यश–ऐश्वर्य बढ्ने, सुख–सन्तोष हुनेछ।

मीन
यो साताका धेरैजसो दिनहरू फलदायक नै छन्। साताको शुरू शनिबार रोगव्याधिको भय, धननाश हुने देखिए पनि त्यसपछिका दिनहरूमा आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ। साथै केही आर्थिक लाभ एवम् सहयोग प्राप्ति हुने देखिन्छ। प्रतिष्ठा बढ्ने, नवीन कार्यको शुरूवात हुने, प्रतिष्ठित जनहरूसँग भेटघाट हुने सम्भावना छ। साताको अन्त्यका दिनहरू उत्तम फलदायक छन्।