पहिलो खुलामुखी एनआईबीएल सहभागिता फन्ड भोलिदेखि


नेपाल समाचारपत्र, काठमाडौं
एनआईबीएल एस क्यापिटलले नेपालकै पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डको इकाई आइतबारदेखि निष्काशन शुरू हुने भएको छ। नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपालमै पहिलोपटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रवद्र्धकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ भने योजना व्यवस्थापकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

खुलामुखी योजना बमोजिम ५० करोड रुपियाँंबराबरको ५ करोड इकाईको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा १२ करोड ५० लाख रुपियाँबराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणमा जारी हुनेछ। बीज पुँजीको रुपमा रकम ७ करोड ५० लाख रुपियाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईबीएल एस क्यापिटलले खरिद गर्नेछ।

खुलामुखी योजनको लागि आवेदकहरूले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रतिइकाई १० रुपियाँका दरले भुक्तानी गरी आवेदन दिन सक्नेछन्।

उक्त योजनाले नेपाल स्टक एक्सजेन्ज ९नेप्से०मा सूचिकृत धितोपत्रहरूका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ, जुन लगानीको व्यवस्थापन एनआईबीएल एस क्यापिटलबाट हुनेछ। हाल जारी भएका इकाईहरू बांँडफाँड भएको मितिले तीन महिनापछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुनेछ। यसरी योजनाको इकाईहरू खरिदबिक्रीे एनआईबीएल एस क्यापिटलको कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका तोकिएका शाखा कार्यालय तथा अन्य तोकिएको वितरण केन्द्रबाट गर्न सकिने बताइएको छ।