मेक्सिकोका वस्तुमाथि ट्यारिफ लगाइने ः ट्रम्प


वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अवैध ढंगले अमेरिका प्रवेश गर्ने आप्रवासी समस्यालाई मध्यनजर राख्दै मेक्सिकोबाट आयत हुने सम्पूर्ण वस्तुहरूमाथि ट्यारिफ बढाइने घोषणा गरेका छन्।

ट्रम्पले ट्विटरमार्फत आगामी १० जुनदेखि ती वस्तुमा ५ प्रतिशत ट्यारिफ लगाइने तथा यदि आप्रवासी समस्या समाधान नभएको खण्डमा विस्तारै ट्यारिफ बढाइँदै लाने पनि बताएका छन्। उत्तर अमेरिकाका लागि मेक्सिकोका वरिष्ठ कूटनीतिज्ञ जेसस सिडेले उक्त प्रस्तावित ट्यारिफ निकै दुःखदायी भएको गुनासो गरेका छन्।

गत फेब्रुअरीमा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। ट्रम्पले आफ्नो घोषणाको वकालत गर्दै दक्षिणी सिमा क्षेत्रको विद्यमान समस्या समाधानका लागि यो कदम अत्यावस्यक रहेको बताएका छन्।

सीमा सुरक्षाकर्मीले ती बढ्दो अवैध आप्रवासीको कारण आफू निक ैविचलित भएके बताएका छन्। तर राजनीतिक समिक्षकहरूले भने ती सुरक्षाकर्मीहरूले आप्रवासीमाथि दुव्र्यवहार गरिरहेको आरोप लगाएका छन्।

ट्रम्पले मेक्सिको सरकारले आप्रवासी समस्यालाई गम्भीर ढंगले नलिएको आरोप लामो समयदेखि लगाउँदै आएका छन्। र , यो आप्रवासी मामिलामा उनको पछिल्लो प्रहार हो। यसैबिच मेकिस्कोका राष्ट्रपति आन्द«ेज म्यान्युल लोपेज ओव्राडरले आफूले यस विषयमा थप तनाव नचाहेको बताएका छन्। राष्ट्रपतीय चुनाव प्रचारप्रसार अभियानका ेक्रममा ट्रम्पले अमेरिका मेक्सिको बिचको सिमा क्षेत्रमा पर्खाल निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए।