सोल्टी होटल संस्थापक राणाको निधन


काठमाडौं, (नेस)
उद्यमी प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ। एक वर्षदेखि नशासम्बन्धी समस्याबाट पीडित राणकोे अमेरिकास्थित अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोल्टी होटल संस्थापक राणाले सिप्रदी ट्रेडिङ, सूर्य नेपाल, भोटेकोशी हाइड्रोपावर,अमरावती इन्टरनेसनल र हिमाल इन्टरनेसनललगायतका व्यवसाय सञ्चालन गर्नुभएको थियो।