ट्रम्पसँगको असफल शिखरवार्तापछि किमद्वारा पाँचजनालाई मृत्युदण्ड


सोल, (एजेन्सी)
यसैवर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता असफल भएपछि उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना ५ अधिकृतलाई मृत्युदण्ड दिएको सञ्चार माध्यमले जनाएका छन्। दक्षिण कोरियाको अखबार चोसन इल्बोले हालै मात्र त्यसको खुलासा गरेको हो। फायरिङ स्क्वाडअगाडि गोली प्रहार गरी मार्ने सँजाय पाएकाहरूमा उत्तर कोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि पनि परेको समाचारमा उल्लेख गरिएको छ।

ट्रम्पसँग किमको वैठक तय गराउने विशेष प्रतिनिधि किम ≈योक चोल धोका दिएकोमा दोषी पाइएको अखबारले जनाएको छ। भियतनाममा भएको दुई नेताबीचको बैठकमा चोल किमसँगै थिए। उनलाई गत मार्चमा मिरिम विमानस्थमा विदेश मन्त्रालयका ४ वरिष्ठ अधिकारीहरूसँगै फायरिंग स्क्वाडमा मारिएको थियो। अखबारले मारिबा बाँकी चारजनाको नाम उल्लेख गरिएको छैन।

किमले यसअघि पनि सरकारका कयौं पदाधिकारीलाई मृत्यु दण्ड दिइसकेका छन्। उनले आफ्नै काका र राजनीतिका गुरु भनिएका जांग सान्ग थायकलाई पनि देशद्रोह र भ्रष्टाचारको मामिलामा गोली हानी मार्न लगाएको थियो। किमले थायककी पत्नीलाई पनि विष दिएर मार्न लगाएको थियो।

कोरियाली प्रायद्विपको एकीकरणमा काम गरिरहेको दक्षिण कोरियाको एकीकरण मन्त्रायलले यस विषयमा केही टिप्पणी गर्न अस्विकार गरेको छ। अखबारले किमकी अनुवादक सिन ≈ये योंगलाई पनि शिखर सम्मेलनमा गल्ती गरेकोमा जेल हालेको जनाएको छ। ट्रम्प उक्त वार्तालाई निष्कर्षविहीन बताउँदै टेबुलबाट टाढा जान लाग्दा किमको प्रस्ताव पढ्न उनी असमर्थ भएकी थिइन्।

ट्रम्प र किमबीच यसै वर्षको फेब्रुअरीमा भियतनामको हनोईमा शिखरवार्ता भएको थियो। दुई बीच दुई दिनमा दुईपटक भेटवार्ता भयो। यद्यपि दुईबीच कुनै सम्झौता हुन सकेन।