सयौं टन फोहर क्यानाडा फर्काइयो


मनिला, (एजेन्सी)
फिलिपिन्सले सयौं टन बराबरको फोहर क्यानाडामा फर्काइदिएको छ। क्यानयाडासंगको हप्तौं लामो तनावको दौरान फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले जहाजमा राखेर ती फोहर क्यानाडामा खन्याउन आउने चेतावनी दिएका थिए।

फिलिपिन्सले सन् २०१४ मा ति फोहर प्लाष्टिक रिसाइक्लिंगको ट्याग राखेर टैंकरमा राखेर मनिला पठाइएको दाबी गरेको छ। क्यानाडाले त्यसलाई फर्काउन र डिस्पोज गर्न लाग्ने सम्पूर्ण खर्च बेहोरिदिने सहमति जनाएको थियो।

करिब ६९ कन्टेनर फोहर कोकेको मालबाहक जहाज मनिलाको उत्तरमा पर्ने सुविक खाडीबाट रवाना भइसकेको बताइएको छ। फिलिपिन्सको विदेश मामिला मन्त्री टेडी लोक्सिन जुनियरले शुक्रबार बिहान उक्त जहाजले बन्दरगाहा छोड्दै गरेको भिडियो टिवटरमा राखेका छन्।

आगामी जुनको अन्त्य सम्ममा करिब १ हजार ५ सय टन फोहर बोकेको सो जहाज क्यानाडाली शहर भ्यानको भरमा पगिसक्ने र त्यसलाई फोहरबाट उर्जा उत्पादन गर्ने केन्द«मा लगिने बताइएको छ। वर्षौंदेखि समस्याका रुपमा रहेको सो फोहरलाई केही दिन्अघि मात्र क्यानाडाले सम्बोधन गरेको हो